Like us!
Follow us!
Connect us!
Watch us!

सवारी साधन दर्ताबाट २६ करोड राजश्व

बुधबार, ३२ साउन २०७४, १५ : २० मा प्रकाशित

सवारी साधन दर्ताबाट २६ करोड राजश्व

अर्थ संसार, लहान–  सगरमाथ अञ्चल यातायात व्यवस्था कार्यालय सिरहाले आर्थिक वर्ष २०७३÷७४ मा १३ हजार नयाँ सवारी साधन दत्र्ता गरेको छ ।

सबैभन्दा बढी मोटरसाइकल १० हजार ७८७ वटा, ट््याक्टर एक हजार १८, सिटी रिक्सा ९०८, जिप÷पिकप भ्यान २१६, बस ३१ तथा एम्बुलेन्स २७ वटा दर्ता भएको कार्यालय प्रमुख ओमकारप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

नयाँ सवारी साधन दत्र्ता, नवीकरणर सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट कार्यालयले रु २६ करोड २४ लाख ४४ हजार राजश्व संकलन गरेको छ । आव २०७२÷७३ मा सो कार्यालयमा १३ हजार ७४० सवारी साधन दर्ता भई रु १५ करोड २६ लाख २१ हजार राजश्व संकलन भएको थियो ।

आव २०७३÷७४ मा कार्यालयले ५१६ जनालाई सवारी चालक अनुमतिपत्र वितरण गरेको थियो । सगरमाथा अञ्चल कार्यालयले सिरहासँगै सप्तरी, उदयपुर, ओखलढुङ्गा, खोटाङ र सोलुाखुम्बु जिल्लाका सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको