Like us!
Follow us!
Connect us!
Watch us!

अस्थायी शिक्षको भोक हड्ताल जारी, विश्व ट्रेड यूनियन महासंघको एक्येबद्धता

मंगलबार, २४ साउन २०७४, १६ : १८ मा प्रकाशित

अस्थायी शिक्षको भोक हड्ताल जारी, विश्व ट्रेड यूनियन महासंघको एक्येबद्धता

  • दिनिता लामिछाने

अर्थ संसार, काठमाडौ – एक मान्छे एक पदको आधारमा समान प्रक्रियाबाट स्थायी गर्र्नुपर्ने  माग राख्दै सात दिनदेखि अस्थायी शिक्षकहरुले भोक हड्ताल अझै जारी छ ।

संयुक्त अस्थायी शिक्षक संघर्ष समितिबाट आयोजना गरेको यो दोस्रो आवरण अनशन हो । हाल नेपाल अधिराज्य भरी जम्मा २६ हजार १ सय ५२ अस्थायी शिक्षकहरु रहेका छन् ।

यी अस्थायी शिक्षकलाई स्थायी गरीनुपर्ने माग राख्दै साउन १८ गतेदेखि काठमाडौको भद्रकालीमा दुई जना शिक्षकहरुले दोस्रो भोक हडताल गरिरहेका छन् ।

आवरण अनशन बस्नेमा पर्साका किसुन प्रसाद यादव र ललितपुरका विष्णुहरी दनुवार रहेका छन् । उनीहरुलाई सयौँ  शिक्षिकाहरुले साथ दिएका छन् ।

आज सातौ दिन भइ सक्दापनि सम्बन्धित निकाएले आफूहरुको  मागलाई सम्बोधन गर्न कुनै चासो नदेखाएका आवरण अनशनरत किसुन प्रसाद यादवले अर्थ संसारलाई बताए । आफूहरुको माग सम्बन्धित निकायले सम्बोधन नगरेसम्म अनशन जारी रहने यादवको भनाई छ ।

 विश्व ट्रेड यूनियन महासंघको एक्येबद्धता

अस्थायी शिक्षकको भोक हड्तालमा विश्व ट्रेड यूनियन महासंघ नेपालले एक्येवद्धता जनाएको छ । शिक्षकको भोक हड्तालमा एक्येवद्धता जनाउन प्रेसिडेन्सियल काउन्सील सदस्य प्रेमल खनाल, पेशागत महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व अध्यक्ष हिराप्रसाद नेपाल, सेवा निवृत राष्ट्र सेवक संघका अध्यक्ष बोधनिधि निरौला हड्ताल बसेको स्थानमा पुग्नु भएको थियो ।शिक्षकका माग पुरा नभए सम्पूर्ण पेशागत आन्दोलनमा आउने महासंघले जनाएको छ ।

स्ता छन् आन्दोलनका मागहरु

१  मिति २०७४साउन०९ गतेमा शिक्षा मन्त्रालयमा मन्त्रिज्यूको समउपस्थितिमा मन्त्रालयका सचिव र प्रवक्ता, नेपाल शिक्षका महासंघका पदाधिकारीहरु र आनदोलनकारीका प्रतिनिधिहरु बीच भएको चार बुँदे लिखित सम्झौतालाई अक्षरश यथाशीघ्र कार्यन्वयन गर्ने ।
२  शिक्षा ऐनको संशोधनको पक्रिया अघि बढाई तत्कालिनका लागि भदौ ३ गतेको परीक्षाको मिति सार्ने ।
३   नियुक्त मितिको आधारमा नभई सम्पूर्ण अस्थायी र विस्थापित (अस्थायीबाट) शिक्षकलाई विभेद नगरि समान प्रक्रियाबाट स्थायी गर्ने ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको