Like us!
Follow us!
Connect us!
Watch us!

नाफामा छलाङ्ग मार्दै बैंक, कुन बैंकको कति नाफा ?

सोमबार, २३ साउन २०७४, १२ : २० मा प्रकाशित

नाफामा छलाङ्ग  मार्दै बैंक, कुन बैंकको कति नाफा ?

अर्थ संसार, काठमाडौं–  नयाँ आर्थिक वर्ष २०७४ / ० ७५  सुरु सँगै वित्तिय संस्थाहरुले गत बर्षको आर्थिक प्रतिवेदन सार्वजनिक गर्न थालेका छन् ।

कुन बैंकले कति नाफा कमाए त । नाफा कमाउने बैंकहरु यस प्रकारको छ ।

एनआइसी एशिया बैंक

एनआइसी एसिया बैंकले गत आर्थिक बर्षमा एक अर्ब ४६ करोड रुपैयाँ मुनाफा गरेको छ । बाणिज्य बैंकमध्ये सबैभन्दा पहिले वित्तीय विवरण सार्वजनिक गरेको बैंकले अघिल्लो बर्ष एक अर्ब ६ करोड रुपैयाँ मुनाफा गरेको थियो ।

बैंकको चौमासिक बित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षमा १ अर्ब ६ करोड नाफा कमाएको यो बैंकले यो आर्थिक वर्षमा नाफालाई बढाएर १ अर्ब ४६ करोड पुर्याएको हो ।
यो अवधिमा बैंकले खूद ब्याज आम्दानी २ अर्ब ५३ करोड ८२ लाख गरेको छ । अघिल्लो आर्थिक वर्ष बैंकको खूद ब्याज आम्दानी १ अर्ब ९५ करोड ७७ लाखमा सीमित थियो ।

खूद ब्याज आम्दानीमा बैंकले मारेको यो छलांगले उसले आर्थिक वर्ष २०७३/७४ मा व्यवसाय वृद्धिमा महत्वपूर्ण सफलता हात पारेको बुुझ्न सकिन्छ ।

बैंकले यो अवधिमा ८६ अर्ब ६९ करोड निक्षेप संकलन गरी ७१ ऋर्ब ५८ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यो अवधिमा ६९ अर्ब ४८ करोड निक्षेप संकलन गरी ५८ अर्ब ४५ करोड कर्जा प्रवाह गरेको थियो ।

प्रभु बैंक

प्रभु बैंकले आर्थिक बर्ष २०७३र७४ मा एक रु अर्ब ७५ करोड नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक बर्षमा रु एक अर्ब १४ करोड रुपैयाँ रहेको थियो।

बैंकले गत आर्थिक बर्षमा खुद ब्याज आम्दानी रु दुई अर्ब ५२ करोड रहेको छ । अघिल्लो आर्थिक बर्षमा खुद ब्याज आम्दानी रु एक अर्ब ९६ करोड रुपैयाँ रहेको थियो।

बैंकले गत आर्थिक बर्षमा रु ८१ अर्ब ३४ करोड निक्षेप संकलन गरेको थियो भने रु ६१ अर्ब ९७ करोड रुपैयाँ ऋण लगानी गरेको छ । अघिल्लो आर्थिक बर्षमा बैंकले रु ६० अर्ब ९४ करोड निक्षेप संकलन गरि ४८ करोड २१ लाख रुपैयाँ ऋण लगानी गरेको थियो।

बैंकको चुक्ता पूँजी रु ५ अर्ब ८८ करोड रहेको छ भने जगेडा कोषमा रु दुई अर्ब पाँच करोड जम्मा भएको छ । बैंकको जगेडा कोष वृद्धि भएको हो । अघिल्लो आर्थिक बर्षमा जम्मा रु ३६ करोड ६३ लाख रुपैयाँ मात्र थियो। बैंकको पूँजी कोष अनुपातमा कमी आएको छ ।

प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले आर्थिक बर्ष २०७३र७४ मा रु एक अर्ब ४८ करोड नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक बर्षमा रु एक अर्ब ११ करोड नाफा गरेको थियो ।

बैंकले गत आर्थिक बर्ष खुद ब्याज आम्दानी रु एक अर्ब ९० करोड गरेको थियो। बैंकले अघिल्लो आर्थिक बर्षमा यस्तो आम्दानी रु एक अर्ब ५८ करोड थियो । बैंकले गत आर्थिक बर्षमा रु  ६५ अर्ब ८६ करोड निक्षेप संकलन गरेको छ भने अघिल्लो आर्थिक बर्षमा रु ४८ अर्ब ३४ करोड थियो।

 बैंकले गत आर्थिक बर्षमा रु ५७ अर्ब ७१ करोड ऋण लगानी गरेको थियो भने अघिल्लो आर्थिक बर्षमा रु ४० अर्ब २७ करोड थियो।

बैंकको चुक्ता पूँजी रु छ अर्ब ३२ करोड पुगेको छ । बैंकले एक आर्थिक बर्षमा रु ८४ करोड ६२ लाखको जगेडा कोषलाई रु तीन अर्ब १२ करोड बनाएको छ ।

कैलाश विकास बैंक

यसबैंकले गत आर्थिक बर्षमा ५० करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।  बैंकको अघिल्लो आर्थिक बर्षमा ३३ करोड २८ लाख रुपैयाँ नाफा थियो ।
 
बैंकले गत बर्षको अन्त्यसम्ममा १७ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरि १५ अर्ब चार करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको चुक्ता पूँजी दुई अर्ब २९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ९८ करोड ७३ लाख रुपैयाँ छ ।

 लुम्बिनी विकास बैंक

यस बैंकले ३७ करोड ६९ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले गत आर्थिक बर्षमा खुद ब्याज आम्दानी ८० करोड २८ लाख रुपैयाँ गरेको छ । बैंकले १७ अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरि १५ अर्ब ६३ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

साग्रिला डेभलपमेन्ट बैंक

 साग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षमा ३४ करोड ३७ लाख रुपैयाँ नाफा गरेको छ । बैंकको खुद ब्याज आम्दानी ७१ करोड २४ लाख रुपैयाँ पुगेको छ ।
 
सिन्धु विकास बैंक

यसबैंकले गत आर्थिक बर्षमा तीन करोड ७२ लाख रुपैयाँ नाफा गरेको छ भने खुद ब्याज आम्दानी नौ करोड ९९ लाख रुपैयाँ रहेको छ । बैंकले एक अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरि एक अर्ब ३९ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।


सुर्योदय लघुवित्त वित्तीय संस्था

 गत आर्थिक बर्षमा दुई करोड ३७ लाख रुपैयाँ नाफा गरेको छ। संस्थाले गत आर्थिक बर्षमा २५ करोड १२ लाख रुपैयाँ निक्षेप संकलन गरि ६३ करोड २५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

 गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स

यस फाइनान्सले गत आर्थिक बर्षमा १२ करोड ९२ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले अघिल्लो बर्ष ११ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो। फाइनान्सले दुई अर्ब ४५ करोड निक्षेप संकलन गरि दुई अर्ब ११ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।
 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको