Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकाको एनआरएन विघटनको अवस्थामा टेक्सस

विहीबार, १२ साउन २०७४, १३ : १६ मा प्रकाशित

अमेरिकाको एनआरएन विघटनको अवस्थामा टेक्सस

अर्थ संसार, काठमाडौं –(अमेरिका)– गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको उम्मेदवारीका विषयलाई लिएर संस्थानै विघटनको अवस्थामा पुगेको छ ।

संसारको सबैभन्दा शक्तिशाली देश अमेरिकामा एनआरएन सबैभन्दा कमजोर र विभाजित अनि विवादित भएपछि संस्था विघटन हुने अवस्थामा पुगेको छ ।

आउँदो महिना हुन लागेको निर्वाचनमा अध्यक्षका उम्मेदवार भएका गौरीराज जोशीको उम्मेदवारीनै अवैध बनाउने प्रयासमा वर्तमान कार्यसमितिदेखि लिएर एनआरएन अन्तर्राष्ट्रिय समितिका केही पदाधिकारीहरुले हस्तक्षेप गरेपछि संस्था विघटन हुने स्थितीमा पुगेको छ ।

एनआरएन अमेरिकाको निर्वाचनमा सबैभन्दा बलिया उम्मेदवारका रुपमा जोशीलाई लिइएको थियो । तर उनको उम्मेदवारीका लागि योग्यता नपुगेको भन्दै निर्वाचन समितिले पहिलो चरणको उम्मेदवारको नामावलीमा पारेन ।

एनआरएन अन्तर्राष्ट्रिय समितिबाट अमेरिका हेर्ने क्षेत्रीय संयोजक भएका सोनाम लामाको व्यक्तिगत दवावमा निर्वाचन समितिले जोशीको नाम उम्मेदवार सूचिमा नपारेपछि एनआरएन आइसिसीका महासचिव बद्री केसीले जोशी उम्मेदवार हुन योग्यता पुग्ने भनेर पत्र पठाएका छन् ।

तर महासचिव केसीलाई पत्र लेख्ने अधिकार नभएको भन्दै क्षेत्रीय संयोजक लामाले अध्यक्ष शेष घलेलाई गुहारेका छन् । त्यसको जवाफमा घलेले चुनाव एनआरएन अमेरिकाको विधान अनुसार गर्न सकिने भन्दै बाटो खोलिदिएका छन् ।

तर उनले महासचिवको पत्रलाई निलम्बन गरेका छन् । एनआरएन अमेरिकाको काण्डले गर्दा एनआरएनका अध्यक्ष शेष घले र महासचिव बद्री केसीबीच पनि ठूलो विवाद देखिएको छ । महासचिव केसीले आपूmले विधान अनुसारनै पत्र लेखेको दावी गर्दै आफू गलत भए कारवाही गरेर देखाउन चुनौति दिएका छन् ।

एनआरएन अमेरिकाको अध्यक्षको उम्मेदवारीका विषयलाई लिएर ठूलो विवाद भएका कारण अब निर्धारित कार्यतालिका अनुसार चुनाव हुने नहुने अवस्था भएको छ ।

आउँदो अगष्ट ११ र १२ गते अनलाइन भोटिङ मार्फत चुनाव हुनेगरि निर्वाचन समितिले तालिका प्रकाशित गरेको थियो । विवादको चुरोः एनआरएन अमेरिकाको विवादको मुल कारण गौरीराज जोशीको नाम उम्मेदवार सूचिमा नपर्नुनै हो ।

एनआरएन आइसिसीको विधान अनुसार अध्यक्ष हुन योग्यता नपुगेको शंकामा निर्वाचन समितिले जोशीको नाम उम्मेदवारको सूचिमा पारेन । एनआरएनको विधानमा अध्यक्षको उम्मेदवार हुनका लागि एक कार्यकाल कार्यसमितिमा रहेर काम गरिसकेको हुनुपर्ने प्रावधान छ ।

जोशीले विगतमा कार्यसमितिमा रहेर काम नगरेको शंका गर्र्दै निर्वाचन समितिले नामावलीमा उनलाई नराखेको हो । तर जोशीले आफू एनआरएन अमेरिकाको तदर्थ समितिमा रहेर सन् २००७ देखि २००९ सम्म काम गरिसकेको बताएका छन् ।

उनले यो संबन्धित प्रमाण समेत निर्वाचन समितिलाई बुझाएको बताए । तर एनआरएनका क्षेत्रीय संयोजक सोनाम लामा र सहसंयोजक एसी शेर्पा भने कुनै पनि हालतमा जोशीलाई उम्मेदवार हुन नदिने रणनीतिमा छन् ।

विगतमा वर्तमान अध्यक्ष केशव पौडेल जोशीबीच छलफल भएर पौडेल उम्मेदवार नहुने समझदारी भएको थियो । त्यस कारण जनसम्पर्क समिति अमेरिकाले जोशीलाई अघि सार्ने तयारी त्यसका नेता हरिबोल भण्डारी लगायतले गरेका थिए ।

तर लामाले जोशीलाई कुनै पनि हालतमा नस्विकार्ने संकेत पाएपछि जनसम्पर्क समितिका केही नेताहरुले पौडेललाई फेरि उम्मेदवार हुन दवाव दिए । पौडेलको पुनः उम्मेदवारीप्रति चित्त नबुझाएर वर्तमान कार्यसमितिका अन्य तीन उपाध्यक्षहरु (कृष्ण पोखरेल, रबिना थापा र राम पोखरेल) समेत उम्मेदवार भएका छन् ।

जोशीमात्र पौडेललाई टक्कर दिनसक्ने सबैभन्दा बलियो उम्मेदवार भएका कारण विधानको लफडा झिकेर उनलाई उम्मेदवारको दौडबाट बाहिर मिल्काउने योजना अनुरुप उम्मेदवारको नामावलीमा उनलाई नपारिएको उनी निकटहरुले बताएका छन् ।

स्मरणीय के छ भने–एनआरएन अमेरिकाको विधानमा दुईवर्षसम्म लगातार साधारण सदस्य भएको व्यक्ति अध्यक्षको उम्मेदवार हुन पाउने गरि बाटो खुल्ला गरेको छ । तर एनआरएन आइसिसीको विधानमा यस्तो खुकुलो व्यबस्था छैन भन्दै लामा र शेर्पाले निर्वाचन समितिलाई पत्र लेखेर दवाव दिएपछि जोशीको नाम उम्मेदवारको पहिलो सूचिमा पारिएको छैन ।

अहिलेको एनआरएन अमेरिकाको विवादले जोशीलाई संसारभरि छरिएका नेपालीहरुले चासोपूर्वक हेरेका छन् । युवाहरुलाई समेट्ने, नेपाली समुदायलाई अमेरिकामा स्थापित गर्ने, नेपाली समुदायहरु रहेका ठूला शहरहरुमा सामुदायिक केन्द्र स्थापना गर्ने लगायतका आकर्षक योजना लिएर उनी चुनावी अभियानमा अघि बढेका थिए ।

वर्तमान अध्यक्ष डा। केशव पौडेल भने दुई वर्षमा आफूले पुरा गर्न नसकेका योजनाहरु पुरा गर्ने भन्दै चुनावमा होमिएका हुन्

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको