Like us!
Follow us!
Connect us!
Watch us!

‘छुवाछूत घटनामा संलग्नलाई तत्काल कारबाही गरियोस्’

सोमबार, ०२ साउन २०७४, २१ : ०८ मा प्रकाशित

‘छुवाछूत घटनामा संलग्नलाई तत्काल कारबाही गरियोस्’

अर्थ संसार, काठमाडौं–  सप्तरी जिल्लामा भएको छुवाछूतसम्बन्धी घटनामा सङ्लग्न दोषीलाई तत्काल पक्राउ गरी आवश्यक कारवाही गर्नुपर्ने माग गरिएको छ ।

वोदेवरसाइन नगरपालिका–७ स्थित सोनापुरमा गत असार १३ गते बस्ती नजिकै रहेको डिहवार थान (मन्दिर) मा पूजा गर्न जाँदा स्थानीयवासी लीलाधर दास (तत्मा)  लाई मन्दिर छोएको आरोपमा स्थानीयवासी गैरदलितले कुटपिट गरी गम्भी घाइते बनाएका थिए ।

जागरण मिडिया सेन्टर, समता फाउण्डेसन, नेपाल राष्ट्रिय दलित समाजकल्याण सङ्घ र नेपाल पत्रकार महासङ्घ सप्तरीलगायत दलित सङ्घसंस्थाले यहाँ आज पत्रकार सम्मेलन गरी दोषी पक्राउ गरी कारबाही गर्नुपर्ने, पीडितलाई क्षतिपूर्ति दिइनुपर्ने र पीडितलाई सुरक्षाको प्रत्याभूति गर्नुपर्नेलगायत माग गरेका छन् ।

ती सङ्घसंस्थाले घटनापछि गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै सोनापुरको प्रहरी प्रशासनले दोषीलाई पक्राउ गर्नाको सट्टा संरक्षण गरेको आरोप लगाएका छन् ।

मन्दिर छोएको निहुँमा गैरदलित पुजारी राजकुमार यादव, रामचन्द्र यादव, कासिन्दर यादव, जितेन्दर शाहलगायतले पीडित दासलाई गम्भीर घाइते हुने गरी कुटपिट गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको