Like us!
Follow us!
Connect us!
Watch us!

रेडियो बुढीनन्दा र पत्रकार सर्पलाल गिरीमाथि काँग्रेस कार्यकर्ताको आक्रमण

शनिबार, ३१ असार २०७४, १६ : ४४ मा प्रकाशित

रेडियो बुढीनन्दा र पत्रकार सर्पलाल गिरीमाथि काँग्रेस कार्यकर्ताको आक्रमण

  • लक्ष्मीराज पाध्याय

बाजुरा– बुढीनन्दा नगरपालीका २ मा रहेको रेडियो बुढीनन्दा  र रेडियोका अध्यक्ष सर्पलाल गिरी माथि नेपाली काँग्रेस समर्थक कार्यकर्ताद्धारा मिति शुक्रबार राती आक्रमण भएको छ ।

पत्रकार कुट्ने समय आएको भन्दै सात आठ जनाको समुह रहेका काँग्रेस कार्यकर्ताले रेडियो माथि ढुंगा प्रहार गरि आक्रमण गरेका हुन् ।

शुक्रबार राती मदिरा सेवन गरेका गोकर्ण गिरी लगायतका काँग्रेस समर्थक कार्यकर्ताले सर्पलाल गिरीलाई आजै सिध्याउनु पर्छ, भन्दै गाली बेइज्जती गरेको र साँझ रेडियो माथि नै ढुंगा मुढा गरेको पीडित पत्रकार गिरीले बताए ।

गिरी रेडियो बुढीनन्दाका अध्यक्ष एवं पत्रकार महासंघका पूर्व सचिव हुन् । काँग्रेसले जितिसक्यो, पत्रकार कुट्ने जमाना आएको छ, सर्पलाल गिरीलाई मार्नै पर्छ भनेर खोज्दै आएको प्रत्यक्षदर्शीले बताएका छन् ।

आक्रमणमा बुढीनन्दा नगरपालिका मेयरका आफन्त गोकर्ण गिरी, वीरेन्द रोकाया, इन्द्र रोकाया र नरेन्द्र शाही लगायतको संलग्नता रहेको गिरीले दिएको प्रहरी उजुरीमा उल्लेख गरिएको छ ।

 आक्रमण गर्ने टिमले गिरीलाई बिच बाटोमै नभेटे पछि रेडियोमै गएर ढुंगा प्रहार गरेका हुन् । रेडियो सञ्चालनमा रहेकै अवस्थामा राती आक्रमण गरेको रेडियोका स्टेशन म्यानेजर नहकुल जोशीले बताए ।

 पत्रकार भएर घमण्ड गर्ने, काँग्रेसले जितेको ठाउँ हो, कसैको केही चल्दैन, सर्पलाल गिरीलाई मार्नै पर्छ, भन्दै आक्रमण गर्न आएपनि भाग्न सफल भएको गिरीले बताए ।

जिल्लामा पछिल्लो पटक पत्रकार माथिको आक्रमणको श्रृखला बढेको छ । तीन दिन पहिले मात्र पत्रकार छक्क मल्ल माथि आक्रमण भएको थियो ।  

यता जिल्ला प्रहरी कार्यालयले भने आफूलाई कुनै जानकारी नभएको बताए । प्रहरी नायव उपरीक्षक दलबहादुर बोगटीले जानकारी नभएको बताए । कोल्टी प्रहरीले भर्खर उजुरी आएकोले संलग्नको खोजी कार्य जारी रहेको बताएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको