Like us!
Follow us!
Connect us!
Watch us!

धमाधम गाउँंपालिको भवन निर्माण सुरु

विहीबार, २२ असार २०७४, १७ : ०४ मा प्रकाशित

धमाधम गाउँंपालिको भवन निर्माण सुरु

अर्थ संसार, काठमाडौं – स्थानीय निकायको निर्वाचन सम्पन्न भई जनप्रतिनिधिले काम थालेसँंगै गाउँंपालिकाको आफनै भबन बन्ने क्रम सुरु भएको छ ।

धादिङ्ग जिल्ला सिद्धलेक गाउपालिकाको वडा नं १, ४ र ७ को तीन वटा वडा कार्यालय भबन बन्ने क्रम सुरु भएको हो । यसका लागि सिद्धलेक गाउँंपालिका र गोर्खा इको प्यानलवीच सम्झौता भएको छ ।

वडा नं १ को गहतेटार, वडा नं ४ को अर्वस्टार र वडा नं ७ को पिपलटार माझीगाउँंको गाउँंपालिका तीनतीन वटा कोठा, एउटाएउटा हल र एउटाएउटा बाथरुम बनाउने भएको हो ।

तीन वटै वडाको वडा कार्यालयको फाउण्डेशनको कार्य उपभोक्ता समितिबाट गर्ने छ । यसको नक्साको डिजाइन भने गोर्खा इको प्यालनले गरिदिएको हो । ट्रष्ट, जस्ता, गोर्खा इको प्यानल, यूपीभीसी झयाल ढोकालगायतका निर्माण सामाग्रीको प्रयोग गरी भबन बनाउन लागिएको हो । यी तीन वटै स्थायी प्रकारका संरचना हुन् ।

सिद्धलेक गाउपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले तीव्र निर्माण सम्पन्न हुने कारण गोर्खा इको प्यानलका निर्माण सामाग्री राखेर गाउँंपालिका भबन बनाउन लागिएको जनाए ।

‘यी निर्माण सामाग्रीको प्रयोगबाट चांँडो निर्माण सम्पन्न हुने मात्रै नभई ७० वर्ष वारेन्टी भएको स्थायी संरचना पनि भएको कारण पनि हामीले यी निर्माण सामाग्री प्रयोग गर्ने निर्णयग गरेका हौं, उनले भने, ‘यस्ता निर्माण सामाग्रीको प्रयोग गरी निर्माण गर्ने हो भने देशभरका नगरपालिका, गाउँंपालिकाका कार्यालयहरु छिटो बन्न सक्नेछन् ।’

देशभरका धेरै नगरपालिका, गाउँंपालिकाका वडा कार्यालयहरुका आफनै भबन छैनन् । काठमाडौं उपत्यकाकै नगरपालिका, गाउँंपालिका भबनको अभाबमा भाडामा छन् । धेरै वडा कार्यालय, गाउँंपालिकाका वडा कार्यालयहरु अहिले पनि भबनविहीन छन् ।   

नेपालमै बनेको, नेपाल सरकार सहरी विकास तथा भबन निर्माण विभागले स्थायी तथा अस्थायी संरचना निर्माणका लागि वालको रुपमा पयोग गर्न स्वीकृति प्राप्त भएकोले पनि गोर्खा इको प्यानल प्रयोग गरी वडा कार्यालय बनाउन लागेको सिलवालले बताए ।

स्थानीय निकाय निर्वाचनपछि स्थानीय निकायका लागि यो भरपर्दाे निर्माण सामाग्री हुने उनको भनाई छ । स्थानीय निकायको निर्वाचन सम्पन्न भई जनप्रतिनिधिबहाल भए पनि नवनिर्वाचित पदाधिकारीलाई आफनै भबनको अभाबमा काम गर्नमा समस्यामा छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको