Like us!
Follow us!
Connect us!
Watch us!

अमलेखगन्ज डिपोदेखि भारतको रक्सोलसम्म पाइपलाइन विस्तार कार्य सुरु

सोमबार, १९ असार २०७४, १३ : ०८ मा प्रकाशित

अमलेखगन्ज डिपोदेखि भारतको रक्सोलसम्म पाइपलाइन विस्तार कार्य सुरु

अर्थ संसार, काठमाडौँ– नेपाल आयल निगमको बारास्थित अमलेखगन्ज डिपोदेखि भारतको रक्सोलसम्म पाइपलाइन विस्तार गर्न रेखांकन र पिलर राख्ने काम सुरु भएको छ ।

पथलैया–वीरगन्ज व्यापारिक मार्ग परियोजनाको निर्माण कार्यसँगै निगमले पाइपलाइनको रेखांकन गर्ने काम थालेको हो ।
 
रक्सोल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन आयोजना फिल्ड कार्यालय सिमराका प्रमुख इन्जिनियर शरद पौडेलले अमलेखगन्ज डिपोबाट सातायता सुरु गरिएको रेखांकनको काम पथलैया–वीरगन्ज ६ लेनको सडक मार्गसम्म आइपुगेको बताए ।
 
भारतले मोतिहारीदेखि नेपालको अमलेखगन्जसम्म ८० किलोमिटर पाइपलाइन विस्तार गर्न बोलपत्र आह्वान गरेपछि नेपाल आयल निगमले रेखांकन गर्ने र पिलर राख्ने कामलाई गति दिएको हो ।
बाराको सिमरामा रक्सोेल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन आयोजना फिल्ड कार्यालय स्थापना गरेर एक विज्ञसहित ५ जना इन्जिनियरको टोलीले काम थालेको हो ।
 
पाइपलाइनको रेखांकनको काम भइरहँदा भारतका प्राविधिकले समेत स्थलगत अध्ययन गरी सहयोग गरिरहेका छन् । प्रमुख पौडेलले यो काम एक महिनाभित्रै सम्पन्न हुने दाबी गरेका छन् ।
 
भारतीय आयल कर्पोरेसनको ३ सय करोड भारतीय रुपैयाँको लागत रहेको यो परियोजना प्रमाणित पद्धतिअनुसार निर्माण हुनेछ । जसमा नेपाल सरकारले  लागतको ३० प्रतिशत खर्च बेहोर्ने छ ।
 
भारतको मोतीहारीदेखि अमलेखगन्जसम्म करिब ८० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन जमिनमुनि २.५ मिटरभित्र विस्तार गरिनेछ । नेपालको सिमावर्ती नाका शंकराचार्य गेटदेखि मुख्य सडकसँगै पूर्वपट्टी र वीरगन्जको रजतजयन्ती चोकदेखि पश्चिमपट्टी ६ लेनको मार्ग हुँदै अमलेखगन्जसम्म ३६  किलोमिटर रहनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको