Like us!
Follow us!
Connect us!
Watch us!

पेट्रोलियम पदार्थको मूल्य घट्यो

आइतबार, १८ असार २०७४, १८ : ४४ मा प्रकाशित

पेट्रोलियम पदार्थको मूल्य घट्यो

अर्थ संसार, काठमाडौँ– नेपाल आयल निगमले पेटोलियम पदार्थको मूल्य घटाएको छ ।भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार निगमले आज राती १२.०० बजेबाट लागू हुने गरी पेटोल, डिजल र मट्टीतेलमा प्रतिलिटर रु दुई/दुईका दरले मूल्य घटाएको छ ।

यस्तै खाना पकाउने ग्याँसमा पनि प्रतिसिलिण्डर रु २५ घटाएको छ भने हवाई इन्धन आन्तरिक तर्फपनि प्रतिलिटर रु चारले घटाएको निगमका प्रवक्ता सिताराम पोखरेलले जानकारी दिनुभयो ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर रु ९८, डिजल र मट्टीतेल प्रतिलिटर रु ७४, खाना पकाउने ग्याँस प्रतिसिलिण्डर रु एक हजार ३५० र हवाई इन्धन आन्तरिक प्रतिलिटर रु ८२ कायम भएको छ ।निगमलाई अझै मासिक रु ४० करोड नाफा रहने प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको