Like us!
Follow us!
Connect us!
Watch us!

उपचार नपाएपछि सडकमै मृत्यु

सोमबार, १२ असार २०७४, ०८ : ३९ मा प्रकाशित

उपचार नपाएपछि सडकमै मृत्यु

अर्थ संसार, गाईघाट (उदयपुर) -केही दिनयतादेखि बिरामी हुँदै आएका उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१२ स्थित बिपी चोक बस्ने ४४ वर्षीय हरि राई आज बिहान गाईघाटस्थित मुख्य चोकको जिके पुस्तक पसल अगाडिको सडकमा मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार राईको घरको आर्थिक स्थिति कमजोर रहेको र अन्य आफन्तले समेत रेखदेख नगरेपछि उनी बिरामी भए पनि सडकतिर नै डुल्ने र रात बिताउने गर्दै आएका थिए ।

गएराति गाईघाटको मुख्य चोकको जिके पुस्तक पसल अगाडि सडक किनारमा नै रात बिताएका राई मृत भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक देवीप्रसाद फागुले बताउनुभयो ।

आफन्त भएर पनि आफन्तले हेरचाह नगर्नु, कमलपित्तबाट प्रभावित भए पनि उपचार नपाउनु र सामान्य मानसिक रोगीसमेत रहेको कारण पनि राईको उपचारको अभावमा नै मृत्यु हुन पुगेको प्रहरीले बताएको छ । रासस

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको