Like us!
Follow us!
Connect us!
Watch us!

मुदीमा सडक पु्याउन सात करोडको आयोजना सुरु

सोमबार, १५ जेठ २०७४, ०८ : ३४ मा प्रकाशित

मुदीमा सडक पु्याउन सात करोडको आयोजना सुरु

अर्थ संसार, बाबियाचौर (म्याग्दी) - धौलागिरि गाउँपालिका–४ मा पर्ने म्याग्दीको विकट र दुर्गम मुदी गाउँलाई सडक सञ्जालसँग जोड्न रु सात करोडभन्दा बढी लागतको आयोजना सुरु भएको छ । 

मुदीलाई सडक सञ्जालसँग जोड्नका लागि ताकम–मुना–दर–मुदी सडक आयोजना निर्माण सुरु भएको हो । मुनादेखि मुदीसम्म जोड्ने पाँच किलोमिटर ५०० मिटर सडक निर्माणका लागि रु सात करोड २५ लाख लगानी हुने उपभोक्ता समितिका अध्यक्ष गणेश घर्ती पुनले बताउनुभयो । 

चालु आवमा जिल्ला समन्वय समितिको विभिन्न तीन वटा शीर्षकमा रु ८२ लाख अनुदानमा मुनादेखि दर हुँदै मुदीतर्फ सडकको ट्याक खोल्ने काम तीव्ररुपमा अघि बढेको छ । मुना, दर हुँदै साविक मुना र मुदी गाविसको सीमा क्षेत्र धित छहरासम्म ट्याक खोलिएको छ । 

जिल्ला समन्वय समितिमार्फत स्थानीय पूर्वाधार यातायात कार्यक्रमको रु १२ लाख र गाविस जोड्ने सडक आयोजना शीर्षकको रु ३० लाख बजेट विनियोजन भएको सो योजनालाई अर्थ मन्त्रालयले थप रु ४० लाख बजेटको स्रोत सुनिश्चितता गरेको छ । 

उपभोक्ताले कुल लागतको १३ प्रतिशत बराबरको सहभागिता जनाउनुपर्नेछ । गत वर्ष रु दश लाखमा एक किलोमिटर ट्याक खोलिएको थियो । कडा चट्टानी पहाडमा सडक निर्माण गर्नु परेकाले धेरै खर्च हुने अध्यक्ष पुनले बताउनुभयो । आगामी वर्ष मुदीसम्म सडक पु¥याउने लक्ष्यसहित आर्थिक स्रोत जुटाउन सरकारी निकाय र स्थानीय स्तरमा पहल गरिएको छ । 

सो सडक निर्माण भएमा मुदी, खिवाङ, नेरवाङ, बगर, नाउरा, चेचुङलगायत बस्तीका करिब एक हजार घरधुरी लाभान्वित हुने भएका छन् । स्थानीय बासिन्दा, धौलागिरि आरोहण र पदयात्रामा जाने पर्यटकलाई आवतजावतका साथै सामान ढुवानी र त्यहाँ उत्पादित कृषिउपज, जडीबुटी निकासी गर्न सहज हुने अपेक्षा गरिएको उपभोक्ता समितिका दलमान पुनले बताउनुभयो । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको