Like us!
Follow us!
Connect us!
Watch us!

झापाबाट धुर्मुस–सुन्तली फाउन्डेसनलाई २० लाख

सोमबार, ०८ जेठ २०७४, १२ : ०४ मा प्रकाशित

झापाबाट धुर्मुस–सुन्तली फाउन्डेसनलाई २० लाख

अर्थ संसार, 

सुरुङ्गा – वीरता जेसिज बिर्तामोडको अगुवाइमा झापाबाट भूकम्पपीडित घर निर्माणका लागि धुर्मुस–सुन्तली फाउन्डेसनलाई रु १९ लाख ८० हजार ३६० सहयोग प्रदान गरिएको छ । 

महिला एसोसिएसन, अल्टसट युकेबाट कल्पना चेम्जोङले रु एक लाख ५० हजार प्रदान गरेपछि सहयोग रकम त्यति भएको वीरता जेसिज उत्कृष्ट नागरिक सम्मान समारोह २०७३ का संयोजक विनोद बस्नेतले जानकारी दिनुभयो । 

बस्नेतकै अगुवाइमा झापाली नागरिकको तर्फबाट अर्थ सङ्कलन गरी गत वैशाख ३ गते धुर्मुस–सुन्तलीलाई उत्कृष्ट नागरिक सम्मानसहित सहयोग रकम प्रदान गरिएको थियो । 

चेम्जोङले फाउन्डेसनलाई रु एक लाख ५० हजार प्रदान गरेसँगै सहयोग राशि बढेको हो । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको