Like us!
Follow us!
Connect us!
Watch us!

साइबर हमाला विरुद्ध सुरक्षा संयन्त्र गठन

शुक्रबार, ०५ जेठ २०७४, १९ : २७ मा प्रकाशित

साइबर हमाला विरुद्ध सुरक्षा संयन्त्र गठन

केशव रोक्का
काठमाडौं–कम्प्युटर तथा आईसीटीका अन्य डिभाइस एवम् सर्भरका  प्रयोगमा देखिएका र आउने जाखिमको न्युनिकरणका लागि संयन्त्र तयार भएको छ । इनफर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल नाम संयन्त्र स्थापना भएको हो । 

सूचना प्रविधि प्रयोगमा देखापर्ने आपतकालीन जोखिम न्यूनिकरण र समाधानका लागि सूचना प्रविधिका विज्ञ चिरन्जीवि अधिकारीको अध्यक्षतामा साइबर सुरक्षा संयन्त्र गठन भएको हो । 

विश्वभरी नै भएको साइवर आक्रमणपछि धेरै संघ संगठन, संस्था, कम्पनी र आममानिस साइवर हमलाबाट कसरी आफ्नो कम्प्युटरलाई बचाउने भन्ने कुरा सोचिरेको संयन्त्रका अध्यक्ष चिरन्जीव अधिकारीले बताउनुभयो । 

रेनसमवेयरको अरु मामला नजिक आउन सक्छ भनेर विशेषज्ञहरुले अनुमान पनि लगाएका छन् । रेनसमवेयर एक यस्तो प्रोग्राम हो, जसले कम्प्युटरको कुनैपनि फाइल लक गर्नसक्छ ।

लक भएपछि बिना फिरौती फाइल खोल्न नसकिने साइबार सुरक्षा संयन्त्रका संचालक सदस्य डिल्लीप्रसाद शर्माले बताउनुभयो । संयन्त्रका संचालकहरुमा कुमार पुडासैनी, सोविता दाहाल, डिल्लीप्रसाद शर्मा, निरन्जन खकुरेल, नारायणप्रसाद क्षेत्री, नेत्र पौडेल, अर्जुन अधिकारी, रविन सुवेदी, रामकृष्ण दाहाल र ध्रुर्व प्रसाद फुयाल (सुदिप) रहेका छन् ।  संयन्त्रको थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोला । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको