Like us!
Follow us!
Connect us!
Watch us!

जेठ १६ गतेदेखि सनराइजको हकप्रद खुल्ने

मंगलबार, ०२ जेठ २०७४, १४ : ०३ मा प्रकाशित

जेठ १६ गतेदेखि सनराइजको हकप्रद खुल्ने

अर्थ संसार, 
काठमाडौं– सनराईज बैंकले हकप्रद जारी गर्ने भएको छ । बैंकले एक अर्ब ६३ करोड ५९ लाख ६३ हजार छ सय रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भएको छ ।

 यही जेठ १६ गतेबाट हाल कायम रहेको चुक्ता पुंजी पाँच अर्ब ४५ करोड ३२ लाख १२ हजार एक सय रुपैयाँ मध्येबाट १० बराबर तीनको अनुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी एक करोड ६३ लाख ५९ हजार छ सय ३६ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

बिक्री प्रवन्धक प्रभुु क्यापिटल लिमिटेड रहेको बैंकको हकप्रद सेयरको बिक्री कार्य आगामी असार १९ गतेसम्म जारी रहने छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको