Like us!
Follow us!
Connect us!
Watch us!

घाँसी नेपालको विद्यालय बनाउने अभियान

बुधबार, ०३ कार्तिक २०७३, १० : २० मा प्रकाशित

घाँसी नेपालको विद्यालय बनाउने अभियान


अर्थ संसार
काठमाडौं–शिक्षा सम्बन्धी काम गर्दै आएको ‘घाँसी नेपाल’ नामक संस्थाले भूकम्प प्रभावित विद्यालयहरू पुनर्निर्माण गर्ने अभियानलाई तिव्रता दिएको छ । 

संस्थाले भूकम्प प्रभावित ६० वटा विद्यालयको भवन बनाउने कार्यलाई तिव्रता दिएको हो । अहिलेसम्म गोरखा श्रीनाथकोटको जनकल्याण उच्च माध्यमिक, बोर्लाङको भिमसेन प्राथमिक विद्यालय, काठमाडौँ गोकर्णेश्वरस्थित तारेभीर प्राथमिक विद्यालयको निर्माण कार्य सुरु भइसकेको संस्थाका अध्यक्ष माधवप्रसाद घिमिरेले जानकारी दिए । 

यस्तै, सिन्धुपाल्चोक, नुवाकोट, धादिङलगायत भूकम्पबाट बढी प्रभावित जिल्लाहरुका विद्यालय निर्माण गर्ने कार्य पनि छिट्टै सुरु गर्ने घाँसी नेपालको लक्ष्य छ । आउँदो वैशाखसम्ममा २६ वटा विद्यालय निर्माण गरिसक्ने योजना रहेको संस्थाका कार्यक्रम संयोजक शंखुप्रसाद जैशीले बताए ।

5806f8aa2a15d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको