Like us!
Follow us!
Connect us!
Watch us!

‘घुम्ती हुलाक सेवा’को सुरुवात [फोटो फिचर]

शुक्रबार, १५ बैशाख २०७४, १४ : ३६ मा प्रकाशित

‘घुम्ती हुलाक सेवा’को सुरुवात [फोटो फिचर]

अर्थ संसार 

काठमाडौँ–गोश्वारा हुलाक कार्यालयले सर्वसाधारणलाई छिटो र सहज सुविधा प्रदान गर्नका लागि ‘घुम्ती हुलाक सेवा’को सुरुवात गरेको छ । कार्यालयले काठमाडौँ उपत्यकाको घरघरमा सूचना पुर्याउने मुख्य योजनाका साथ आजदेखि सो सेवाको सुरुवात गरेको हो । 

सेवाको शुभारम्भ गर्दै सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले हुलाक सेवालाई गुणस्तरीय र विश्वसनीय बनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–“कर्मचारीलाई हुलाकमा जागिर खान पाऊँ भन्ने वातावरण बनाउन मन्त्रालय लागिरहेको छ ।” 

मन्त्री कार्कीले घुम्ती सेवालाई काठमाडौँ उपत्यकामा मात्र नभएर देशभर पुर्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले चिठीपत्रमा लेखिने कुरा सामाजिक सञ्जालमा लेख्न नसकिने बताउँदै हुलाकको महत्व यथावत् रहेको उल्लेख गर्नुभयो । आजदेखि सुरु भएको सेवाअन्तर्गत तीनवटा बसले सेवा दिने कार्यालयले जनाएको छ । 

रुट नं १ बस सेवाले गोश्वारा हुलाक कार्यालयबाट सुरु भई कर्मचारी सञ्चय कोष ठमेल, राहदानी विभाग, खानी विभाग, राजस्व विभाग, बाँसबारी इलाका हुलाक, बालुवाटार हुलाक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी प्रधान कार्यालय, पोष्टल प्लाजा डिल्लीबजार, अध्यागमन विभाग, लोकसेवा कार्यालय, जिल्ला प्रशासन कार्यालय, सर्वोच्च अदालत हुँदै गोश्वारा हुलाकको क्षेत्रमा सेवा दिनेछ । 

रुट नं २ बस सेवाले गोश्वारा हुलाक कार्यालयबाट सुरु भई जिल्ला हुलाक कार्यालय ललितपुर, ललितपुर महानगरपालिका हरिहरभवन, स्टाफ कलेज जावलाखेल, पाटन औद्योगिक क्षेत्र, हरिहर भवन युनिट, त्रिपुरेश्वर क्षेत्रमा सेवा दिनेछ भने रुट नं ३ बबरमहल, बानेश्वर, कोटेश्वर, ठिमी, जिल्ला हुलाक कार्यालय भक्तपुरमा सेवा दिनेछ । घुम्ती शिविरको समयमा आफ्नो चिठीपत्र बाटोबाटै पाउने व्यवस्थासमेत कार्यालयले मिलाएको छ । रासस /फोटा : रत्न श्रेष्ठ 

5903085c6bbb1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको