Like us!
Follow us!
Connect us!
Watch us!

सेयर कारोबार धरानबाट हुन थालेपछि सेयर लगानीकर्ता उत्साहित

आइतबार, ०३ बैशाख २०७४, १४ : १९ मा प्रकाशित

सेयर कारोबार धरानबाट हुन थालेपछि सेयर लगानीकर्ता उत्साहित

अर्थ संसार 
काठमाडौं– राजधानीमा मात्रै सेयर कारोबार भइरहेको अवस्थामा उपत्यका बाहिर पनि त्यसलाई विस्तार गर्ने क्रम अगाडि बढेको छ । सेयर दलाल कम्पनीले उपत्यका बाहिर सेवा विस्तार गर्ने क्रममा आजबाट धरानमा समेत कारोबार सुरु भएको छ ।

 सेयर कारोबार गर्ने दलाल कम्पनी अनलाइन सेक्युरिटिजले धरानमा शाखा खोलेर सेवा दिन थालेको छ । सेयर दलालीका लागि दर्ता भएको ४९ नम्बर ब्रोकर कम्पनी अनलाइन सेक्युरिटिजले धरानको कलेज रोडमा शाखा खोलेको हो ।

शाखाको उद्घाटन सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र साहले गरे । शाखाबाट सेयर किनबेच,  डिम्याट खाता खोल्ने, सेयर डिम्याट गर्नेलगायत पूँजी बजार सम्बन्धि सबै काम हुने शाखा प्रमुख सुजन निरौलाले बताए ।

यसअघि पोखरा, नारायणगढ, बुटवललगायतका स्थानमा समेत सेयर कारोबारका लागि शाखा खोलि सकिएको छ ।उपत्यका बाहिर धमाधम शाखा खोल्ने क्रम बढेपछि सेयर कारोबारमा समेत सहजता आउने जनाइएको छ । 

यो पनि पढ्नुहोस्

अरुण काबेलीको नेप्सेमा कारोबार सुरु, मूल्य रेन्ज कति ? 

‘अझै बढ्नेछ सेयर बजार, आत्तिनुपर्ने अबस्था छैन’ : एसपी चौलागाईंको विष्लेषण 

एभरेष्ट इन्स्योरेन्सकोे २० प्रतिशत बोनश सेयर 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको