Like us!
Follow us!
Connect us!
Watch us!

किन भएन सरकारी बजेटको खर्च ? यस्ता छन् कारण

शनिबार, ०२ बैशाख २०७४, १४ : ०९ मा प्रकाशित

किन भएन सरकारी बजेटको खर्च ? यस्ता छन् कारण

अर्थ संसार 
काठमाडौ– आर्थिक वृद्धिदर २५ वर्षयताकै सबैभनाद बढी हुने प्रक्षेपणहरु सार्वजनिक भइरहेको बेला सरकारको चालु आर्थिक वर्षको ९ महिनाको खर्च अवस्था भने सोचे भन्दा राम्रो देखिएको छैन ।

बजेट खर्चको अवस्था नाजुक एवम् दुरुहपूर्ण नै रहेको छ । त्यसले आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पार्न सक्दैन । चालु आवको चैतसम्म सरकारले कुल बजेटको ४२ प्रतिशत मात्र खर्च गर्न सकेको छ ।

चैत अन्तिमसम्म सरकारले रु ४ खर्ब ४१ अर्ब ५५ करोडको मात्र चेक काटेको छ । चालु आवमा सरकारले रु १० खर्ब ४८ अर्ब ९२ करोड बजेट प्रस्तुत गरेको थियो ।

यस्तै चालु खर्च पनि कम नै रहेको छ । सरकारले कुल ५२ प्रतिशत मात्रै चालु खर्च गरेको छ । चैतसम्म चालु खर्च  रु ३ खर्ब २० अर्ब ३५ करोड मात्र भएको छ । सरकारले चालु आवका लागि रु ६ खर्ब १७ अर्ब १६ करोड चालु खर्चका लागि बजेट विनियोजन गरेको छ ।

चालु खर्चको लक्ष्य पुरा हुने भए पनि पुँजीगत खर्चको अवस्था नाजुक देखिएको छ । हालसम्म कुल बजेटको २६ प्रतिशत मात्र पुँजीगत खर्च भएको महालेखाले जनाएको छ ।

महालेखाका अनुसार हालसम्म रु ८१ अर्ब १२ करोड मात्रै  पुँजीगत खर्च भएको छ । सरकारले चालु आवमा रु ३ खर्ब ११ अर्ब ९४ करोड वजेट विनियोजन गरेको छ ।

पूँजीगत खर्च ८० प्रतिशतको हाराहारीमा पुर्याउने लक्ष्य सरकारले राखेको भएपनि सोचअनुसार काम भने हुन सकेको छैन ।

सरकारले पूँजीगत खर्च बढाउने तर्फ ध्यान दिएको, राष्ट्रिय गौरवका आयोजनाहरुको स्थलगत अनुगमन गरिएको तथा विकास आयोजनालाई अगाडि बढाउन गति दिइएको जनाएको छ । तर पूँजीगत खर्चको अवस्था भने नाजुक मात्रै होइन दुरुह नै रहेको छ ।

यस्तै वित्तीय व्यवस्थापन अन्र्तगत ३३ प्रतिशत खर्च भएको छ । चैतसम्म रु ४० अर्ब रुपैयाँ खर्च भएको छ । चालु आवमा वैदेशिक तथा आन्तरिक ऋण तिर्न र लगानी गर्नका लागि सरकार ले रु  १ खर्ब १९ अर्ब ८१ करोड  विनियोजन गरेको छ ।
चालु आर्थिक वर्षमा खर्च बढाउन डेढ महिना अगावै वजेट आएपनि खर्चको अवस्थामा सुधार हुन नसक्नु दुखद रहेको बताइन्छ । बजेटका विषयमा सरकार र प्रतिपक्षी दलबीच रस्साकस्सी चल्ने गरेको भएपनि चालु आवामा जेठ १५ गते नै बजेट आएको थियो । त्यसले वित्तिय क्षेत्रमा सुधार ल्याउने अपेक्षा गरिएको थियो ।
सरकारको वित्तीय अनुशासन खस्किएको र विकास खर्च गर्ने क्षमतामा सुधार आउन नसकेको भन्दै त्यसको सुधारमा जोड दिएको छ ।
कार्यालयले असारमा मात्र ४७ प्रतिशतसम्म खर्च हुने गरेको त्यसमा पनि असारको अन्तिम साता बढी खर्च हुने गरेको जनाएको छ । असार केन्द्रीत खर्च गर्ने प्रवृत्तिले निर्माण कार्य गुणस्तरहीन हुने गरेको छ ।
डेढ महिनाअघि बजेट आए पनि चालु आवमा कुल बजेटको ८९.२२ प्रतिशत अर्थात रु ९ खर्ब ३५ अर्ब ८८ करोड मात्र खर्च हुने सरकारको अनुमान छ ।
जसमध्ये चालुतर्फ ९१ प्रतिशत अर्थात रु ५ खर्ब ६१ ऋर्ब ६१ करोड, पुँजीगततर्फ ८४ प्रतिशत रु २ खर्ब ६२ अर्ब र वित्तीय व्यवस्थापनमा ८९.२२ प्रतिशत अर्थातरु  १ खर्ब १२ अर्ब २२ करोड खर्च हुने प्रक्षेपण गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको