Like us!
Follow us!
Connect us!
Watch us!

प्राविधिक विषय पढेकाहरुलाई रोजगारी दिलाउन जव फेयरको आयोजना

आइतबार, २० चैत्र २०७३, ११ : २७ मा प्रकाशित

प्राविधिक विषय पढेकाहरुलाई रोजगारी दिलाउन जव फेयरको आयोजना

दिनिता लामिछाने
काठमाडौं–राजधानीको बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्लोलोजिले जव फेयर आयोजना गरेको छ । उत्पादित प्राविधिक जनशक्तिलाई रोजगार दिलाउनका लागि जब फेयर आयोजना गरिएको बालाजु स्कुलका जव फेयर कोअर्डिनेटर अनिल बज्रचार्यले जानकारी दिए ।

मेलामा सिइ कन्स्ट्रक्सन, हिमालयन कन्स्ट्रक्सन। कालिका कन्स्ट्रक्सन, पञ्चकन्या समुह, सिप्रदी ट्रेडिङ, कोकाकोला, नेपाटप, आइएमइ, अल्टिमा, राज ओभरसिजलगायतका २२ प्रतिष्ठित कम्पनीले आफ्ना स्टल राखेका थिए ।

मेलामा ती कम्पनीले रोजगारी खोज्नेहरुको ब्यक्तिगत विवरण संकलन गर्नुका साथै अन्तर्वातालगायतका छनौट प्रक्रियासमेत संचालन गरिएको बज्रचार्यले जानकारी दिए ।
दई दिनसम्म चलेको मेलाको उद्घाटन शिक्षा मन्त्री धनिराम पौडेलले गरेका थिए । 

सिटिइभिटीबाट सम्बन्ध प्राप्त बालाजु स्कुल अफ इन्जिनियरिङले मेकानिकल, इलेक्ट्रीकल, सिभिल र स्यानिटेसन इन्जिनियरिङ क्षेत्रका जनशक्ति उत्पादन गर्दै आएको छ । 

यो पनि पढ्नुहोस्

सेयर किन्नु  वा बेच्नु छ, राजधानी जानु पर्दैन, बुटवलबाट पनि सुरु भयो कारोबार 

फूलको सौन्दर्यमा रमाउन भृकुटीमण्डप (फोटोफिचर) 

एक हजार मेगावाट विद्युत् नियमित भए राज्यको ५० अर्ब वचत हुनेइन्डक्सन चुलोमा खाना पकाउँदा मासिक लागत ९६० मात्रै

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको