Like us!
Follow us!
Connect us!
Watch us!

सेयर किन्नु  वा बेच्नु छ, राजधानी जानु पर्दैन, बुटवलबाट पनि सुरु भयो कारोबार

आइतबार, २० चैत्र २०७३, १० : २९ मा प्रकाशित

सेयर किन्नु  वा बेच्नु छ, राजधानी जानु पर्दैन, बुटवलबाट पनि सुरु भयो कारोबार

अर्थ संसार 
काठमाडौँ– काठमाडौँमा मात्रै हुँदै आएको सेयर कारोबारलाई राजधानी बाहिर पनि लैजान र कारोबार गर्न नेपाल धितोपत्र बोर्ड र स्टक एक्चेन्ज लिमिटेडले दिएको निर्देशनअनुसार बुटबलबाट पनि सेयर कारोबार सुरु भएको छ । 

स्टककाअनुसार गत मंगलबारबाटै सेयर कारोबार सुरु भएको भएपनि शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर औपचारिक रुमपा बुटबलबाट सेयर कारोबार सुरु भएको जानकारी दिइएको हो । 

बुटवलमा पहिलोपटक शेयर खरीद बिक्री सुरु भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो  । आर्यतारा इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज प्रालि (ब्रोकर नं ५७) बुटवल शाखाले मंगलबारदेखि खरीद बिक्री सुरु गरेको हो ।

सो कम्पनीको बुटवल शाखाले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी शेयर खरिद बिक्रीका लागि काठमाडौँ पुग्नुपर्ने समस्या अब हल भएको बतायो ।कम्पनीका सञ्चालक रामचन्द्र भट्टराईले बुटवल आसपासका क्षेत्रमा रहेका शेयर लगानीकर्तालाई छिटो र सरल तरिकाबाट शेयर खरिद बिक्री गर्न दिने उद्देश्यले बुटवलमा पनि शेयर खरिद बिक्री कार्यको थालनी गरेको बताए।

विसं २०६३ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जबाट सेयर बिक्री गर्ने अनुमति पाएको प्रालिले बुटवलका लागि २०७३ चैत १३ गते सेयर कारोबारको स्वीकृति पाएको थियो । 

स्टकको निर्देशनअनुसार नै यसअघि विराटनगर, भरतपुर, पोखरालगायतका स्थानबाट पनि सेयर खरिद बिक्रीको प्रक्रिया सुरु भएको छ । सेयर कारोबारको प्रक्रिया राजधानीमा मात्रै हुँदा हैरानी र परेसानी भोग्नुपरेका ग्राहक तथा उपभोक्तालाई राहत दिनका लागि राजधानी बाहिरबाट पनि कारोबार सुरु गरिएको स्टकले जानकारी दिएको छ ।  

यो पनि पढ्नुहोस्

फूलको सौन्दर्यमा रमाउन भृकुटीमण्डप (फोटोफिचर) 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको