Like us!
Follow us!
Connect us!
Watch us!
इन्डक्सन चुलोमा खाना पकाउँदा मासिक लागत ९६० मात्रै

एक हजार मेगावाट विद्युत् नियमित भए राज्यको ५० अर्ब वचत हुने

आइतबार, २० चैत्र २०७३, ११ : ०२ मा प्रकाशित

एक हजार मेगावाट विद्युत् नियमित भए राज्यको ५० अर्ब वचत हुने

अर्थ संसार 
काठमाडौँ– नियमित रुपमा उपभोक्तालाई विद्युत् सेवा उपलब्ध गराउने हो भने तत्कालै रु ५० अर्बको पेट्रोलियम पदार्थ आयातलाई घटाउन सकिने देखिएको छ । उपभोक्तालई विद्युत्मा नै खाना पकाउने बानी लगाउने र सरकारले नियमित रुपमा स्वच्छ ऊर्जा प्रदान गर्ने हो भने राज्यको अर्बौ रकम बचत हुन सक्ने छ । 

नेपाल आयाल निगमका डिएमडी सुशील भट्टराईकाअनुसार निगमले बर्षेनी अर्बौ रकम पेट्रोलियम पदार्थ खरिदमा खर्च गरिरहेको छ । उनकाअनुसार रु २५ अर्बको खाना पकाउने ग्याँस तथा रु २५ अर्बको डिजल खरिदमा प्रयोग हुने रकम बचाउन सकिने छ । 

तर त्यसका लागि नेपाल विद्युत् प्राधिकरणले हाल सञ्चालनमा ल्याइरहेको वितरण प्रणालीमा पूर्ण रुपमा परिवर्तन जरुरी रहेको छ । प्राधिकरणले करिब एक हजार मेगावाट विद्युत् नियमित रुपमा उपभोक्तालाई उपलब्ध गराउनुपर्ने हुन्छ । नियमित रुपमा विद्युत् उपलब्ध गराउने र उपभोक्तलाई इन्डक्सन चुलो मार्फत खाना पकाउने बानी बसाउन जनचेतनाको अभियान पनि अगाडि बढाउनुपर्ने छ । 

ऊर्जा विज्ञ डा अमृतमान नकर्मीले पनि विद्युत्मा नै खाना पकाउने प्रणाली सबै भन्दा सस्तो प्रणाली भएको बताउँछन् । एक परिवारका लागि मासिक रु ९५० मा विद्युत्बाट खाना पकाउन सकिन्छ । जबकी एलपी ग्याँसमात्रै रु एक हजार ६०० भन्दा बढी पर्न जान्छ । 

पाँच एम्पियरको प्रणालीले इन्डक्सन चुलो धान्न नसक्ने भएकाले कम्तीमा पनि तीस एम्पियरको प्रणाली प्रत्येक घरमा जडान गर्नु आवश्यक छ । यस्तै वितरण प्रणालीमा रहेको समस्या समेत तत्काल हटाउनुपर्नेछ । नियमित विद्युत् आपूर्ति तथा घरमा जडान गरिएको फ्यूजको क्षमता बढाउने हो भने वर्षेनी ५० अर्ब राज्यको बचत गर्न सकिने छ । 

त्यसका लागि सरकारले निजी क्षेत्रलाई पनि विद्युत् उत्पादनमा लगाउनुपर्ने, निर्माण भइरहेका आयोजनालाई शिघ्र ती शिघ्र आयोजना सम्पन्न गर्न प्रोत्साहन गर्नु जरुरी छ । सरकारी र निजी क्षेत्रको संयुक्त पहल हुने हो भने आगामी उकाध वर्षमा खाना पकाउने ग्याँस पूर्ण रुपमा विस्थापित नै हुने अवस्था रहेको छ । 

यो पनि पढ्नुहोस्

सेयर किन्नु  वा बेच्नु छ, राजधानी जानु पर्दैन, बुटवलबाट पनि सुरु भयो कारोबार 

फूलको सौन्दर्यमा रमाउन भृकुटीमण्डप (फोटोफिचर) 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको