Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार भोलीदेखि खुल्ने !

अर्थ संसार

आइतबार, १४ असार २०७७, १२ : ०३ मा प्रकाशित

शेयर बजार भोलीदेखि खुल्ने !

अर्थ संसार, काठमाडौं–  कोरोना भाइरसका कारण बन्द भएको शेयर बजार सोमबारदेखि खुल्ने भएको छ । आइतबार विहान बसेको धितोपत्र बोर्डको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

 नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले arthasansar.com सँग भन्नुभयो-' आज बसेको बोर्डको संचालक समितिको बैठकले सोमबार अर्थात असार १५ गतेदेखि  शेयर बजार खुलाउने निर्णय गरेको छ ।' 

समितिको बैठकले सोमबारदेखि शेयर कारोबार संचालन गर्न नेप्सेलाई निर्देशन दिने र सोहि व्यहोरा अर्थमन्त्रालयमा जानकारी गराउने निर्णय गरेको छ ।

असार १५ गते अर्थात सोमबारदेखि  खुल्ने  शेयर बजार  कुन मोडालिटीबाट संचालन गर्ने भन्ने जिम्मा नेप्सेको दिइएको छ । बजार खुलाउन आजै नेप्सेलाई निर्देशन दिएको र बजार कसरी संचालन गर्ने भन्ने मोडालिटी नेप्सेले बनाउने भएको छ ।

बोर्डले शेयर बजार खुलाउने निर्णय समग्र पूँजी बजार र लगानीकर्ताको हितमा छ । अब बजार खुलाएपछि बन्द गर्नु हुँदैन भन्ने हाम्रो माग छ ।
राधा पोखरेल–नेपाल पुँजी बजार लगानीकर्ता संघ

असार १२ गते लगानीकर्ता संघहरु र शेयर बजारका नियामक निकायसँग बीच छलफल भएको थियो । छलफलमा लगानीकर्ताले छिटो भन्दा छिटो शेयर बजार खुलाउनु पर्ने र शेयर बजार खुलेपछि बन्द गर्न नपाईने माग राख्दै आएका छन् । बोर्डले पनि बजार खुलेपछि बन्द नगर्ने बचत लगानीकर्ता संघहरुलाई दिएको छ ।

कोरोनाभाइरसका  चैत ११ गते देखि बजार बन्द भएको थियो । त्यसपछि बोर्ड तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार संयन्त्रमा परिवर्तन गरेर बैंशाख ३१ र ३१ गते बजार खुलेको थियो । लकडाउनका विचमा खुलेको बजार उच्च अंकले घटेपछि लगानीकर्ताको चर्को विरोधपछि पुन बजार बन्द भएको थियो ।

Share Sambad with Bhisma Raj Dhungana || १० कित्ता दिने प्रावधान व्यावहारिक र राम्रो देखिदैन

यो पनि पढ्नुहोस्

इप्पानको निर्वाचन : कृष्ण आचार्य भर्सेस सूर्यप्रसाद अधिकारी ! 

इप्पानको चुनावमा महासचिवको महाभिडन्त : शेर्पा भर्सेस डागी 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको