Like us!
Follow us!
Connect us!
Watch us!

इप्पानको निर्वाचन : कृष्ण आचार्य भर्सेस सूर्यप्रसाद अधिकारी !

अर्थ संसार

शनिबार, १३ असार २०७७, ०९ : ५१ मा प्रकाशित

इप्पानको निर्वाचन :  कृष्ण आचार्य भर्सेस सूर्यप्रसाद अधिकारी !

अर्थ संसार, काठमाडौं-स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को  निर्वाचन यही असार १५ गते हुँदैछ ।

निर्वाचनको मैदानमा  जलविद्युत उद्यमी द्धय कृष्ण आचार्य र सूर्य प्रसाद अधिकारी आ आफ्नो प्यानल लिएर उत्रिएका छन् ।  असार १२ गते अर्थात शुक्रबार दुवै प्यानलले इप्पानको कार्यालय कमलादीमा उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्तासँगै इप्पानमा चुनावी चहलपहले उग्र रुप लिएको छ । दुई धारमा विभाजित भएर चुनावी मैदानमा उत्रिएपछि आफूले जित्नेमा दुवै पक्ष ढुक्क देखिन्छन् । जलविद्युत कम्पनीको विकास र लगानीकर्ताको उचित प्रतिफल पाउनको लागि इप्पानमा मेरो उम्मेदवारी भएको कृष्ण प्रसाद आचार्यले बताए ।

इप्पान अध्यक्षमा कृष्ण आचार्यको दाबी :उम्मेदवारी जलविद्युत विकास र लगानीकर्तालाई उचित प्रतिफलको लागि !

त्यसै गरी नीजि जलविद्युत क्षेत्रलाई जोगाउन मेरो उम्मेदवारी भएका सूर्य प्रसाद अधिकारीले बताए ।

इप्पान अध्यक्षमा सूर्य प्रसाद अधिकारीको दाबी : भन्छन उम्मेदवारी नीजि जलविद्युत क्षेत्रलाई जोगाउन !

संस्थापन पक्षले जलविद्युत् उद्यमी कृष्ण आचार्यलाई अक्ष्यक्षको रूपमा अगाडि सारेको हो ।  उनको समूहमा उपाध्यक्ष कुमार पाण्डे, आशिष गर्ग, गणेश कार्की तथा महासचिवमा महोनकुमार डागी र आनन्द चौधरी लगायतले उम्मेदवारी दिएका छन्  ।
सूर्यप्रसाद अधिकारी तथा उनको समूहले नयाँ प्यानल बनाएर निर्वाचन लडको छ ।

जलविद्युत क्षेत्रलाई सरकारले बत्ति बाल्ने वा निभाउने अर्थमा बुझ्यो,६ खर्ब लगानी देखेन-मोहनकुमार डागी

अधिकारी समूहमा उपाध्यक्षहरू अर्जुनप्रसाद गौतम, उत्तम ब्लोन, भरत खत्री, महासचिव गोरे शेर्पाले उमेदवारी दिएका छन् ।  यस्तै, सचिवहरूमा भरत लामिछाने थापा, मोहनविक्रम कार्की, प्रकाश दुलाल तथा कोषाध्यक्ष बलराम खतिवडाले उमेदवारी दिएका छन् ।

इप्पानमा कार्यसमितिको सिट मात्र ओगट्ने, काम नगर्ने प्रचलनको हामी भयो : गोरे शेर्पा- जलविद्युत उद्यमी

इप्पानको चुनावमा बलराम खतिवडाको आग्रह : प्रोक्सी नदिनुहोला, भोट हाल्न आउनुहोला !

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको