Like us!
Follow us!
Connect us!
Watch us!

इप्पानको चुनावमा महासचिवको महाभिडन्त : शेर्पा भर्सेस डागी

अर्थ संसार

आइतबार, १४ असार २०७७, ११ : १५ मा प्रकाशित

इप्पानको चुनावमा महासचिवको महाभिडन्त : शेर्पा भर्सेस डागी

अर्थ संसार, काठमाडौं-स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को  निर्वाचन यही असार १५ गते हुँदैछ । निर्वाचनको लागि दुई धार चुनावी मैदानमा उत्रिएको छ । निर्वाचनको मैदानमा  जलविद्युत उद्यमी द्धय कृष्ण आचार्य र सूर्य प्रसाद अधिकारी आ आफ्नो प्यानल लिएर उत्रिएका हुन् ।

कृष्ण आचार्य प्यानलको महासचिवमा मोहन कुमार डागी र सूर्य प्रसाद अधिकारी प्यानकाले महासचिवमा गोरे शेर्पाले उम्मेदवारी दिएका छन् ।

यो पनि पढ्नुहोस्:इप्पानको निर्वाचन-कृष्ण आचार्य भर्सेस सूर्यप्रसाद अधिकारी ! 

उम्मेदवारी दुवैले आ आफ्नो प्यालन विजय हुनेमा विश्वास रहेका बताएका छन् । महासचिव पदका दुवै उम्मेवदारीले नीजि क्षेत्रको जलविद्युत क्षेत्रको विकासको लागि आफ्नो उम्मेदवारी रहेको प्रष्ट पारेका छन् ।

हाम्रो उम्मेदवारी किन ? यसो भन्छन् दुवै उम्मेवार

जलविद्युत क्षेत्रलाई सरकारले बत्ति बाल्ने वा निभाउने अर्थमा बुझ्यो,६ खर्ब लगानी देखेन-मोहनकुमार डागी

इप्पानमा कार्यसमितिको सिट मात्र ओगट्ने, काम नगर्ने प्रचलनको हामी भयो : गोरे शेर्पा- जलविद्युत उद्यमी

तर, दुवै पक्षले एक अर्काेलाई आरोप समेत लगाएका छन् । दुवैले एक अर्काेको विकल्पको रुपमा आफूलाई चुनावी मैदानमा उतारेको बताएका छन् । दुवै पक्षबिच अहिले पनि सर्वसम्मतको लागि छलफल भैरहेको छ । आज पनि सर्वसम्मतीको लालि सहमति हुन नसकेको खण्डमा भाली अर्थात असार १५ गते चुनवा हुनेछ । कसले जित्ने हो त्यो भने रिजल्ट आएपछि मात्र थाहा हुनेछ ।

के भन्छन त दुवै प्यानलका अध्यक्ष ?

इप्पान अध्यक्षमा कृष्ण आचार्यको दाबी :उम्मेदवारी जलविद्युत विकास र लगानीकर्तालाई उचित प्रतिफलको लागि

इप्पान अध्यक्षमा सूर्य प्रसाद अधिकारीको दाबी : भन्छन उम्मेदवारी नीजि जलविद्युत क्षेत्रलाई जोगाउन !

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको