Like us!
Follow us!
Connect us!
Watch us!

लगानी गर्न तयार हुनुहुन्छ नी ? लघुवित्त क्षेत्रको सबैभन्दा ठूलो आईपिओको बिक्री खुल्यो

निशा हुमाँगाई

बुधबार, १० असार २०७७, ०७ : ३० मा प्रकाशित

लगानी गर्न तयार हुनुहुन्छ नी ? लघुवित्त क्षेत्रको सबैभन्दा ठूलो आईपिओको बिक्री खुल्यो

अर्थ संसार, काठमाडौं - एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि ४७ लाख ५५ हजार कित्ता साधारण शेयर (आइपीओ) निष्कासन गरेको छ ।

लघुवित्तले जारी चुक्ता पूँजी १ अर्ब ४८ कराेड रूपैयाँकाे ३२ दशमलव १३ प्रतिशतका दरले ४७ कराेड ५५ लाख रकम बराबरकाे प्रति शेयर रू.१०० अंकित दरकाे ४७ लाख ५५ हजार कित्ता आईपीओमध्ये ७४ हजार कित्ता कर्मचारीहरुको लागि, २ लाख ३७ हजार ८०० कित्ता सामुहिक लगानी कोषको लागि र ४४ लाख ४३ हजार २०० कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।

प्रतिकित्ता १०० रुपैयाँको दरले उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

भर्ने होइन त एनआईसी एशिया लघुवित्तको आईपीओ ? बुधबारबाट खुल्ला,कति गर्ने त लगानी ? 

यस्तै, सानिमा क्यापिटल लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धक रहेको उक्त साधारण शेयरमा छिटोमा असार १४ गते र ढिलोमा असार २४ गतेसम्म आवेदन दिन सकिनेछ ।

त्यसैगरी, यस आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ । यस शेयरमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको