Like us!
Follow us!
Connect us!
Watch us!

पोहरको फोटोले डिभी भरे क्यान्सिल हुन्छ है, नयाँ फोटो खिचेर भर्नुस्

बुधबार, २६ असोज २०७३, १३ : ५५ मा प्रकाशित

पोहरको फोटोले डिभी भरे क्यान्सिल हुन्छ है, नयाँ फोटो खिचेर भर्नुस्

अर्थ संसार
काठमाडौं–अमेरिका सपनाको देश । एक पटक अमेरिका टेक्न पाए स्वर्गै पुगिन्छ भन्ठान्ने नेपालीहरु धेरै छन् । अमेरिका जान सजिलो छैन । अमेरिकाले नेपालीलाई आफ्नै खर्चमा घुम्न जान्छन् भनेर विस्वास गर्दैन । त्यसैले टुरिस्ट भिसा पाउन निकै गाह्रो छ ।

यद्यपि आर्थिक वर्ष सन् २०१५ मा १९ हजार ४९ जनाले काठमाडौंस्थित अमेरिकी दूतावासबाट गैरआप्रवासी भिसा पाएका थिए । तैपनि अमेरिकी दूतावासले भिसा नदिएको गुनासो धेरै सुनिन्छ । अमेरिकाको भिसामात्र हैन, त्यहाँ स्थायी रुपमा बस्न पाउने ग्रिनकार्ड नै पाउने सबैभन्दा सजिलो तरिका डिभी चिठ्ठा हो । चिठ्ठा जस्तै गरी खुल्ने भएकाले फर्म भरेर हरेक योग्यता पुगेका नेपालीले आफ्नो भाग्य आजमाउन सक्छन् । 

अमेरिकी सरकारले सन् २०१८ का लागि अनलाइनबाट डिभी भर्न खुल्ला गरेको छ । नेपालीहरुले नोभेम्बर ७  इस्टर्न टाइम अनुसार दिउसो १२ बजेसम्म डिभी लोटरी भर्न पाउनेछन् । डिभी लोटरी भर्दा केही कुरामा ध्यान पुर्याउनु पर्छ । अमेरिकी सरकारले यस पटक चस्मा लगाएर खिचेको फोटोले पनि डिभी भर्न हुन्न । त्यस्तै पोहर, परार डिभी भर्दा खिचेको फोटो प्रयोग गरेर भरेको फर्म पनि अस्वीकृत हुने भन्दै अमेरिकी दूतावासले सचेत गराएको छ । यस पटक अमेरिकामा बस्ने नेपालीले पनि डिभी फर्म भर्न पाउने छन् ।

 डिभी भरेर कतिलाई विदेश पुर्याएको भन्दै विज्ञापन आउने क्रम बढेको छ । अमेरिकी दूतावासले निशुल्क रुपमा आवेदन गर्न पाइने जनाएको छ । यसका लागि कसैको सहयोग लिनु आवश्यक छैन । फारम अनलाइनबाट भर्नुपर्छ । एक जनाले एउटा मात्र आवेदन फर्म भर्नु पर्छ।दुई वटा भरे दुवै क्यान्सिल हुन्छ ।

त्यसका लागि हालसालै खिचिएको फोटो चाहिन्छ। फोटो डिजिटल भए राम्रो हुन्छ । फोटो स्क्यान गरेर पनि बनाउन सकिन्छ । त्यसको साइज वेवसाइटमै हेर्न सकिन्छ । फोटोको आकार मिले नमिलेको फोटो टुलबाट जाँच्न सकिन्छ । आफ्नो फर्मको कन्फर्मेसन नम्बरलाई सेभ गरेर राख्नु पर्छ ।

त्यसलाई आफ्नो इमेलमा पठाएर वा प्रिन्ट गरेर राखे पनि हुन्छ । डिभीको रिजल्ट आएपछि आफ्नो अबस्था थाहा पाउन त्यही कन्फर्मेसन नम्बर हाल्नु पर्छ । नत्र कुनै इमेल वा चिठ्ठीबाट जानकारी आउँदैन । 


डिभी भर्न यस लिंकमा जानु होस्

57fdf45217092.jpg 57fdf453639dd.jpg 57fdf4980def2.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको