Like us!
Follow us!
Connect us!
Watch us!

डेढ अर्ब लागतमा बन्दैछ चोभारमा हालसम्मकै ठूलो बन्दरगाह

सोमबार, १४ चैत्र २०७३, ११ : १५ मा प्रकाशित

डेढ अर्ब लागतमा बन्दैछ चोभारमा हालसम्मकै ठूलो बन्दरगाह

अर्थ संसार 
काठमाडौं– विदेशतिर ठूला र आर्कषक प्रदर्शनी केन्द्र त पक्कै देख्नुभएको छ । नेपालमा भने त्यस्तो केन्द्र नदेख्दा तपाईलाई राज्यको काम गर्ने शैलीप्रति पक्कै पनि दिक्क मात्रै होइन आक्रोश पनि पैदा हुन्छ । विदेशमा देखेका त्यस्ता आकर्षक बन्दरगाह केन्द्र नेपालमा पनि भइदिओस् भन्ने तपाईलाई लाग्न सक्छ । के नेपालमा त्यस्ता बन्दरगाह केन्द्रहरु सम्भव छैनन् त ?

प्रश्न स्वभाविक रुमपा उठ्छ । तर चिन्ता नमान्नुस अब विदशेमा देखे जस्तै उच्च  सुविधा सम्पन्न प्रदर्शनी केन्द्र जस्तै नेपालमा पनि प्रदर्शनी केन्द्रको निर्माण सुरु हुने भएको छ । सो केन्द्र केन्द्रकै रुपमा नभएपनि हिमाल सिमेन्टको कारखाना रहेको रहेको
क्षेत्रमा सरकारले अत्याधनिक सुख्खा बन्दरगाहको निर्माण गर्ने भएको छ ।

पानी नै नभएको स्थानमा बन्दरगाह कसरी हुन्छ त भन्ने पनि लाग्न सक्छ , तर त्यसो होइन सरकारले सुख्खा बन्दरगाह निर्माणको काम सुरु गरेको हो । त्यसको प्रक्रिया सुरु पनि भइसकेको छ । सरकारले काठमाडौंको चोभारस्थित हिमाल सिमेन्टको जग्गामा अन्तर्राष्ट्रिय स्तरको सुक्खा बन्दरगाह बनाउने काम सुरु गरेको जनाएको छ ।

बाह्य मुलुकबाट आयात र नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिनका लागि तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काठमाडौं सुक्खा बन्दरगाह निर्माणको प्रक्रिया अघि बढाइएको हो । वाणिज्य मन्त्रालयले सुक्खा बन्दरगाह निर्माण गर्न सर्भे तथा डिजाइनको कामसँगै गुरुयोजना बनाउने काम अगाडि बढाइरहेको जनाएको छ ।

सुक्खा बन्दरगाह बनाउन सबै प्रक्रिया अगाडि बढिसकेको लामो समयदेखि बन्दरगाह बनाउने चर्चा भए पनि काम भने अब अगाडि बढ्न थालेको मन्त्रालयको भनाइ छ । सन् २०१० देखि नै सुक्खा बन्दरगाह बनाउने प्रयास सुरु भए पनि अहिले भने परामर्शदाता फुलब्राइटले प्रारम्भिक डिजाइन तयार गरिसकेको छ ।

वाणिज्य मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल ट्रान्सपोर्ट विकास बोर्डले हिमाल सिमेन्टको जग्गामा सुक्खा बन्दगाह निर्माण गर्नेछ । जुनको अन्तिमसम्ममा विस्तृत अध्ययन–प्रतिवेदन तयार पारेर २०१७ भित्रै निर्माण सुरु गरी २०१९ को डिसेम्बरसम्ममा निर्माण सम्पन्न गर्न लागिएको बोर्डका कार्यकारी निर्देशक लक्ष्मण बस्नेतले जानकारी दिए ।

हिमाल सिमेन्टको जग्गा वाणिज्य मन्त्रालयको नाममा आइसकेको छ, डिजाइन पूर्ण रूपमा आएपछि टेन्डर आह्वान गरेर निर्माण प्रक्रिया अघि बढाइएको छ, उनले भने ।
बन्दरगाहको  निर्माणले विदेशबाट आयात हुने र निर्यात हुने सामान थन्क्याउन धेरै सहज हुने विश्वास लिइएको छ । विश्व बैंकको रु डेढ अर्ब ऋण सहयोगमा भन्सार, वायर सर्भिसलगायतका अन्य सुविधासहित चार लेयरमा कन्टेनर राख्न सक्ने गरी आधुनिक प्रविधियुक्त बन्दरगाह निर्माणको प्रस्ताव गरिएको छ ।

कोलकाता, विशाखापट्टनम र रसुवा नाकाबाट सामान बोकेर आउने कन्टेनर यहीँबाट चेकजाँचपछि अन्य क्षेत्रमा सामान लगिनेछ । हाल विभिन्न भन्सार नाकामा भन्सार पास गरी सामान आयात गरिँदै आएको छ । 

निर्यात हुने सबै सामानसमेत यही सुक्खा बन्दरगाहबाट भन्सार छुटपत्र लिएर निर्यातका लागि अनुमतिपत्र दिने गरी व्यवस्था गर्न लागिएको छ । सुक्खा बन्दरगाह बनेपछि हाल क्लियरेन्सका लागि ११ विभागमा धाउनुपर्ने र यसकै लागि बढी लागत लाग्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ ।

बन्दरगाहमा चार तलाको २ सय २० वटा स्लट रहनेछन् । सामान बोकेर आएका ५ सय ५३ कन्टेनर राख्न मिल्ने १ हजार ३ सय स्क्वायरका चारवटा वेयर हाउसको व्यवस्था गरिएको छ । चोभारमा रहेको ८ सय ६ रोपनी जग्गामा सुक्खा बन्दरगाह निर्माणका लागि विस्तृत अध्यन गरी डिजाइन गर्ने काम भइरहेको छ । २ सय ९ रोपनीमा बन्दरगाहसँगै बाँकी ६ सय ५५ रोपनीमा अत्याधुनिक सुविधा सम्पन्न प्रदर्शनीस्थल
निर्माण गरिने छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको