Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा घट्याे अनाैठाे घटना एक हप्ता अघि मृत्यु, अहिले कोरोना संक्रमण पुष्टि

निशा हुमाँगाई

सोमबार, १२ जेठ २०७७, १२ : ४१ मा प्रकाशित

नेपालमा घट्याे अनाैठाे घटना एक हप्ता अघि मृत्यु, अहिले कोरोना संक्रमण पुष्टि

अर्थ संसार काठमाडाैं - वीरगञ्जको नेशनल मेडिकल कलेजमा  साताअघि मृत्यु भएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । बाराको कलैयाका एक ७० वर्षीय वृद्धकाे जेठ ४ गते मृत्यु भएको थियाे । 

मृत्यु भएका वृद्धको स्वाब परिक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो उक्त रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायले जानकारी दिएका छन् । तसर्थ उनको कोरोनाको संक्रमणबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयको आधिकारीक जानकारी भने आइसकेकाे छैन । 

ती व्यक्तिकाे शवकाे अन्तिम संस्कार पनि परिवारले गरिसकेकाे छ । विषय गम्भीर भएकाले यस विषयमा छलफल गर्न अहिले सराेकारवालाकाे बैठक बसिरहेकाे छ । अन्टेष्टीमा सहभागी र काज कृयामा उपस्थित सबैकाे ट्रेसिङ गर्नु पर्ने देखिएकाे बताइएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको