Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडाैंसहित एकैचाेटी थपिए ७२ जना कोरोना संक्रमित

निशा हुमाँगाई

सोमबार, १२ जेठ २०७७, १० : ५८ मा प्रकाशित

काठमाडाैंसहित एकैचाेटी थपिए ७२ जना कोरोना संक्रमित

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ ।

याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या ६७५ जना पुगेकाे छ । नेपालमा एकैचाेटी संक्रमण देखिएको यो अहिलेसम्मकै उच्च संख्या हो ।

काठमाडौंमा तीन जना, धनुषामा तीन जना, कपिलवस्तुमा तीन जना, बारामा दुई जना, रौतहटमा २६ जना, सप्तरीका दुई जना, बर्दियाका एक जना, बाँकेका चार जना, बाराका २१ जना र दैलेखमा सात जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.समिरकुमार अधिकारीले बताएका छन् । 

No photo description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको