Like us!
Follow us!
Connect us!
Watch us!

भरतपुर अस्पतालमा एक व्यक्तिको मृत्यु

निशा हुमाँगाई

सोमबार, १२ जेठ २०७७, १२ : ०८ मा प्रकाशित

भरतपुर अस्पतालमा एक व्यक्तिको मृत्यु

अर्थ संसार काठमाडाैं - चितवनको भरतपुर अस्पतालमा आईसीयूमा रहेका एक बिरामीको मृत्यु भएको छ । उक्त बिरामीको कोरोना रिपोर्ट भने आउन बाँकी छ ।

बुटवलको लुम्बिनी सिटी अस्पतालबाट रिफर भएर आएका नवलपरासी रामग्राम ५ का ४८ वर्षीय उक्त पुरूषको बुटबलमै स्वाब परीक्षण गरिएको थियो । 

भरतपुर अस्पतालमा भर्ना गरिएको केही बेरमा अर्थात आइतबार राती १२ बजे उनको मृत्यु भएको अस्पतालका मेसु डा. श्रीराम तिवारीले जानकारी दिएका छन् । मृतकको शव आइसीयुमै रहेको र कोरोना परीक्षणको रिपोर्ट पछि मात्रै प्रक्रिया थालिने समेत तिवारीले बताएका छन् । 

त्यसैगरी, ती बिरामीमा निमोनिया देखिएको भरतपुर अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसयन डा. प्रमोद पौडेलले जनाएका छन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको