Like us!
Follow us!
Connect us!
Watch us!
अधिकाशं विकासे मन्त्रालयले टेर्दैनन्

खर्च नगर्ने मन्त्रालयको बजेट तान्दै अर्थ मन्त्रालय

बुधबार, ०९ चैत्र २०७३, १३ : १२ मा प्रकाशित

खर्च नगर्ने मन्त्रालयको बजेट तान्दै अर्थ मन्त्रालय

अर्थ संसार
काठमाडौं– काम नगर्ने तर सधै पैसा मात्रै माग्दै आएका अधिकांश विकासे मन्त्रालयलाई अर्थ मन्त्रालयले लगाम लगाएको छ । खर्च नभएको पैसा दिने भए देऊ नदिने भए अब तान्छौ भन्दै चेतावनी दिएको छ । तर मन्त्रालयले खर्च नभएको आयोजनाको विवरण मन्त्रालयलाई दिन अटेर गरेका छन् ।

फागुन मसान्तसम्म खर्च नभएको आयोजनाको विवरण उपलब्ध गराउन अर्थले पटक पटक ताकेता गरेको भएपनि विकासे मन्त्रालयले अटेर गरेका छन् ।  अर्थले गत फागुन ३० गते नै अर्थले खर्च नहुने आयोजनाको विवरण एक साताभित्र उपलब्ध गराउन विभिन्न विकासे मन्त्रालयलाई पत्राचार गरेको थियो । तोकिएको  समय सकिदा समेत अधिकाशं मन्त्रालयले विवरण पठाएका छैनन् । तोकिएको समय सकिउको नौ दिन भइसक्दा समेत उनीहरुले अर्थलाई अटेर गरेको बताइन्छ ।

सम्बद्ध मन्त्रालयले केही दिन थप मागेकाले ४– ५ दिनभित्र सबै विवरण पाउने आशा गरेका छौँ , अर्थका एक वरिष्ठ अधिकृतले भने  केही मन्त्रालयले समय मागेकाले केही दिन पर्खने उनले बताए ।

सरकारले फागुन अन्तिमसम्म बजेट खर्च सुरु नगरेका आयोजनाको बजेट खोस्ने योजना सार्वजनिक गरिसकेको छ । चालु आर्थिक वर्ष सुरु भएको ८ महिनासम्ममा पनि बजेट खर्चको प्रक्रिया अघि नबढाउन विभिन्न मन्त्रालयअन्तर्गतका आयोजनाहरुको बजेट तान्ने प्रक्रिया सुरु गरेको हो ।

फागुनसम्म बजेट कार्यान्वयन नगर्ने आयोजनाको रकम खोसेर उच्च प्रतिफल दिने ठूला आयोजनामा लगानी बढाउने जनाएको छ । खोसिएको बजेट खानेपानी, सिँचाइ र सडक आयोजनामा खर्च गरिने योजना सार्वजनिक गरिसकेको छ ।खर्च नगर्ने आयोजनाबाट बजेट खोसेर खर्च हुन सक्ने र काम भएर बजेट नपुग भएका र राष्ट्रिय गौरवका आयोजनामा लगानी गर्ने अर्थको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको