Like us!
Follow us!
Connect us!
Watch us!

निर्भया बलात्कारमा संलग्न चारै दोषीलाई फाँसी

अर्थ संसार

शुक्रबार, ०७ चैत्र २०७६, ०८ : ५४ मा प्रकाशित

निर्भया बलात्कारमा संलग्न चारै दोषीलाई फाँसी

नयाँ दिल्ली -निर्भया सामुहिक बलात्कार तथा हत्या काण्डमा दोषी रहेका मुकेश सिंह, अक्षय कुमार, विनय शर्मा तथा पवन गुप्तालाई फाँसी दिइएको छ।

उनीहरूलाई भारतीय समय अनुसार शुक्रबार बिहान साढे ५ बजे तिहाड जेलमा फाँसी दिइएको हो।

सन् २०१२, डिसेम्बर १६ मा साथीसँग बसमा यात्रारतः रहेकी २३ वर्षिया निर्भयामाथि उनीहरूसहित ६ जनाले सामुहिक बलात्कार गरेका थिए। बलात्कारपछि उनीहरूले रडको प्रयोग गरी उनको हत्या गरेका थिए।

घटनामा संलग्न ती दोषी अक्षय, पवन तथा विनयले आज तोकिएको फाँसी रोक्न भन्दै बिहीबार दिएको याचिकामाथि दिल्ली हाइकोर्टले विशेष इजलासले उनीहरूको याचिका खारेज गरेपछि बिहान उनीहरूलाई फाँसी दिइएको हो।

निर्भयाको बलात्कार र हत्या मामिलामा उनीहरूलाई सन् २०१३ मा फाँसीको सजाय सुनाइएको थियो।

तर उनीहरूले सजाय रोक्न माथिल्लो अदालतदेखि राष्ट्रपतिसम्म गुहार्ने गरेपछि सजाय टर्दै आएको थियो।

घटनामा संलग्न भनिएका अर्का एक दोषी राम सिंहको मुद्दाकै क्रममा सन् २०१५ मा मृत्यु भइसकेको छ। त्यतिबेला उनले जेलमा आत्महत्या गरेको बताइएको थियो।

यसैगरी घटनाका अर्का एक आरोपी भने अपराध गर्दाका बखत नाबालिग भएकाले ३ वर्ष सुधारगृह बसेर छुटिसकेका छन्।
एजेन्सी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको