Like us!
Follow us!
Connect us!
Watch us!

ग्लाेबल आइएमई क्यापीटलकाे शेयरधनीलाई लाभांश सम्बन्धी अत्यन्तै जरूरी सूचना

निशा हुमाँगाई

शुक्रबार, २३ फागुन २०७६, १२ : ४४ मा प्रकाशित

ग्लाेबल आइएमई क्यापीटलकाे शेयरधनीलाई लाभांश सम्बन्धी अत्यन्तै जरूरी सूचना

अर्थ संसार, काठमाडौं - ग्लाेबल आइएमई क्यापीटल लिमिटेडले लाभांश पूर्जा तथा बाेनस शेयर लिन बाँकी आफ्ना शेयरधनीहरूलाई अत्यन्तै जरूरी सूचना प्रकाशन गरेकाे छ ।

नेपाल धिताेपत्र बाेर्डबाट निर्देशन भए अनुसार शेयर रजिष्ट्रारकाे कार्य गरिरहेकाे ग्लाेबल आइएमई क्यापीटल लिमिटेडले यस बैंककाे साधारण सभाहरूबाट पारित आर्थिक वर्ष २०६५/६६ देखि आर्थिक वर्ष २०७०/७१ सम्मकाे लाभांश पूर्जा तथा बाेनस शेयरहरू हालसम्म पनि लिन बाँकी रहेकाले कम्पनीले ताेकिएकाे प्रक्रिया पुरा गरी लिन आग्रह गरेकाे हाे । 

नेप्से २०२० को डिसेम्बरसम्म बजार २००० देखि २२०० पुग्नेछ

त्यसैगरी, कम्पनीले आर्थिक वर्ष २०७२/७३, आर्थिक वर्ष २०७३/७४ र आर्थिक वर्ष २०७४/७५ काे बाेनस शेयर सिधै हितग्राही खातामा जम्मा हुने र आर्थिक वर्ष २०७३/७४ काे नगद लाभांश रकम सिधै हितग्राही खातामा अद्यावधिक गराइएकाे बैंक खातामा IPS मार्फत सम्बन्धित शेयरधनीहरूकाे खातामा जम्मा भैरहेकाे जनाएकाे छ ।

त्यस्तै, कम्पनीले हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुलाई हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन आग्रह गरेको छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e61f5452d0f6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको