Like us!
Follow us!
Connect us!
Watch us!

नविल बैंकले ऋणपत्र निष्कासन गर्दै, कहिलेबाट र व्याजदर कति ?

निशा हुमाँगाई

मंगलबार, २० फागुन २०७६, १२ : १६ मा प्रकाशित

नविल बैंकले ऋणपत्र निष्कासन गर्दै, कहिलेबाट र व्याजदर कति ?

अर्थ संसार काठमाडाैं - नविल बैंक लिमिटेडले चैत्र २ गतेबाट २ अर्ब रूपैयाँ बराबरकाे “१०% नविल डिवेन्चर २०८२” नामकाे ऋणपत्र निष्कासन गर्ने भएकाे छ ।

बैंकले वार्षिक १० प्रतिशत व्याजदरमा ७ वर्षकाे अवधिका लागि प्रतिकित्ता एक हजार रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।

यसैगरी, निष्कासन गरिन लागेकाे ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ । त्यस्तै, बाँकी ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्तामा भने सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।   

त्यसैगरी, लक्ष्मी क्यपिटल मार्केट लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धमा यस बैंकले जारी गर्न लागेको उक्त ऋणपत्रलाई ईक्रा नेपाल लिमिटेडले ‘इक्रा एनपी एल डबल ए माइनस’ रेटिङ प्रदान गरेको छ । 

त्यस्तै, लगानीकर्ताले उक्त ऋणपत्रमा छिटोमा चैत ५ गते र ढिलोमा चैत १६ गतेसम्म आवेदन दिन सक्नेछन् । यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्तासम्म भर्न पाउनेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको