Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंककाे ऋणपत्रमा आजबाट आवेदन दिन सकिने, के-के छन् प्रक्रिया ?

निशा हुमाँगाई

मंगलबार, २० फागुन २०७६, ११ : २९ मा प्रकाशित

सिटिजन्स बैंककाे ऋणपत्रमा आजबाट आवेदन दिन सकिने, के-के छन् प्रक्रिया ?

अर्थ संसार काठमाडाैं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडकाे ऋणपत्रमा आज (फागुन २० गते, मंगलबार) बाट आवेदन दिन सकिनेछ ।

बैंकले आजबाट २ अर्ब ५० करोड रूपैयाँ बराबरको ऋणपत्र “१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६” निष्कासन गरेकाे हाे । बैंकले त्रैमासिक व्याज भुक्तानी भएको उक्त ऋणपत्र दश वर्षको अवधिका लागि निष्कासन गरेकाे हाे । 

यसैगरी, बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे हाे । यसमध्ये १० लाख कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । र बाँकी १५ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई व्यक्तिगततर्फबाट बिक्री गर्नेछ । 

त्यसैगरी, ग्लोबल आइएमई क्यापीटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धमा यस बैंकले जारी गरेको उक्त ऋणपत्रलाई ईक्रा नेपाल लिमिटेडले ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ मिति २०७६ साल कार्तिक सात गते प्रदान गरेको हो । 

त्यस्तै, लगानीकर्ताले उक्त ऋणपत्रमा छिटोमा फागुन २३ गते र ढिलोमा चैत ४ गतेसम्म आवेदन दिन सक्नेछन् । यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ९ लाख ७० हजार कित्तासम्म भर्न पाउनेछन् ।

 

5e5e01616ae91.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको