Like us!
Follow us!
Connect us!
Watch us!

दुईवटा लघुवित्तलाई गाभ्ने विशेष प्रस्तावसहित एनआरएन लघुवित्तले डाक्याे पहिलो साधारण सभा, कहाँ र कहिले ?

निशा हुमाँगाई

आइतबार, ११ फागुन २०७६, १२ : ४८ मा प्रकाशित

दुईवटा लघुवित्तलाई गाभ्ने विशेष प्रस्तावसहित एनआरएन लघुवित्तले डाक्याे पहिलो साधारण सभा, कहाँ र कहिले ?

अर्थ संसार, काठमाडौं – एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नाे प्रथम वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाकाे माघ २३ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा फागुन १६ गते शुक्रबार होटल साथी प्रा.लि. धनगढी, कैलालीमा बिहान ११ बजेबाट शुरू हुनेछ ।

यसैगरी, सभामा किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र दिव्य लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभ्ने विशेष प्रस्ताव रहेकाे छ । यसअघि पनि संस्थाले क्रिएटिभ र रामारोशन लघुवित्तलाई गाभेर गएकाे भदौबाट एकीकृत कारोबार सुरु गरेकाे थियाे । 

त्यस्तै, सभामा संस्थाकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ ।  संस्थाकाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरीनेछ ।

त्यसैगरी, सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक ताेकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको