शुक्रबार, १२ जेठ २०७४, ०५ : ३५
नेपालमा हस्तकलासम्बन्धी नीति नहुनु दुर्भाग्य
शुक्रबार, २० फागुन २०७३


नेपालको हस्तकला प्रबद्र्धनमा भूमिका निर्वाह गर्दै आएका ब्यक्ति हुन् धर्मराज शाक्य । उनी करिव ३० वर्षदेखि प्रस्तर मुर्तिकला व्यवसायमा आवद्ध छन् । चित्रकलामा एमए गरेका शाक्य हस्तकला व्यवसायको संबद्र्धन र संरक्षणका लागि यो पेशा अगालेको बताउँछन् । उनको यो पेशा पुख्र्यौली हो ।

हाल उनको पाटन औद्योगिक क्षेत्रभित्र अरनिको स्टोन कार्विङ नामक उद्योग छ । उनले यो कम्पनी करिव २५ वर्षअघि घरेलु उद्योगमा दर्ता गरेर सञ्चालनमा ल्याएका हुन् । उनले यस कम्पनीमार्फत प्रत्यक्ष रुपमा १५ जना र अप्रत्यक्ष रुपमा ५० देखि ६० जनालाई रोजगारी दिइरहेका छन् । उनीसँग लीलानाथ घिमिरेले गरिएको कुराकानीको संपादित अंश

 भर्खरै १२ औ हस्तकला व्यापार मेला सकिएको छ । मेलाबाट के पाउनुभयो ? 
नेपालमा ग्रामीण क्षेत्र बढी छ । ग्रामीण क्षेत्रमा बसेर हाते सामान उत्पादन गर्नेहरुले हस्तकला मेलामा आफ्ना सामग्री प्रदर्शन गर्ने अवसर पाएका छन् । मौलिक हस्तकलाहरुलाई व्यवसायिक रुपमा अगाडि बढाउन मेलाले निकै ठूलो भुमिका खेल्यो ।

सांस्कृतिक रुपमा मात्र प्रयोगमा आएका हस्तकलाका सामग्रीहरुलाई ब्यवसायिक गर्न सके यसबाट आर्थिक उपार्जन पनि गर्न सकिन्छ भन्ने स्पष्ट पार्न हस्तकला व्यापार मेलाको आयोजना गरिएको हो । यस मेलाबाट नेपालको मौलिक हस्तकलालाई अन्तराष्ट्रिय बजारमा पनि परिचय गराउन सफल भयौं । 

अन्तर्राष्ट्रिय बजारमा कस्ता सामग्रीहरुको डिमान्ड छ ?     
अन्तर्राष्ट्रिय बजारबाट प्रत्येक वर्ष यस्तो कलर, यस्तो स्टाइलको चाहियो भनेर फोरकास्टिड डिमान्ड आउने गरेको छ । त्यहीअनुसार डिजाइनरले यहाँ काम गर्छन् । ठूला कम्पनीले पर्याप्त मात्रामा अर्डरअनुसारको आपूर्ती गर्न सक्ने भएकोले उनीहरुले सवै काम गर्न सक्छन् ।

साना उद्यामीहरुलाई त्यो ज्ञान नहुँदा आफ्नो तवरले विदेशमा सामग्री तयार गरेर लैजाने गर्छन् । त्यहाँको माग अनुसारको सामग्री नलैजाँदा विक्रि हुँदैन । अन्तर्राष्ट्रिय मेलाबाट पनि कतिपय रित्तो हात आएका छन् । अन्तराष्ट्रिय बजारको बारेमा थाहा पाएर गए राम्रो हुन्छ भनेर मेलाको आयोजना गरिएको हो । 

उत्पादकलाई मेलाले के फाइदा हुन्छ ? 
मेलाको मुख्य उद्देश्य नै उत्पादकलाई फाइदा होस् भनेर गरिने हो । मुख्य कुरा उनीहरुको  जनसम्पर्कको विकास हुन्छ । विदेशी क्रेताहरु मेलामा आएका हुन्छन् । उनीहरुबाट प्रत्यक्ष रुपमा हाम्रा सदस्यहरुले अर्डर लिने अवसर पाउँछन् । मेलामा आउने निर्यातकर्ताहरुले राम्रो गर्छन् । धेरै भिजिटर आउँदा उत्पादकलाई अर्डर बढ्छ र उनीहरुलाई फाइदा हुन्छ ।

हस्तकला सामग्रीको माग नेपालमा कत्तिको छ ? 
विगत पाँच, छ वर्षयता हामीले हस्तकला सामग्रीको माग नेपालीहरुमा पनि बढ्दो पाएका छौं । पहिले हस्तकला भनेपछि विदेशीले मात्र किन्ने भन्ने थियो । अहिले नेपालीबाटै धेरै माग आउन थालेको छ । १२ ओ हस्तकला व्यापार मेलामा पनि १२ करोड बराबरको प्रत्यक्ष व्यापार भएको पाइयो । त्यो मुलुकभित्रै खपत भएको आँकडा हो । 

हस्तकलाको अहिलेको अवस्था के छ ? 
नेपाली हस्तकलाको सामग्रीको डिमान्ड निक्कै राम्रो छ । त्यति हुदाँहुँदै सप्लाई गर्न कठिन छ । 

सप्लाई गर्न किन कठिन भएको हो ? 
हामीसँग कच्चा पदार्थ, दक्ष जनशक्तिको अभाव छ । नयाँ जनशक्ति उत्पादनका लागि ट्रेनिङ सेन्टर छैन । उद्योगहरुलाई सहज रुपमा सञ्चालन गर्न बैंकको ऋणदेखि लिएर इन्सेन्टिभको व्यवस्था छैन ।

यी कारणहरुले गर्दा उद्योग सञ्चालन गर्न कठिन छ । प्रविधिको पनि विकास हुन सकेन । अहिलेसम्म पुरानै टेक्नोलोजी प्रयोग भइरहेको छ । अहिले सरकारले हस्तकला नीति पनि बनाउन सकेको छैन । हस्तकला नीति नहुँदा समग्रमा हस्तकलाको विकास हुन नसकेको हो । सरकारले प्रोत्साहन पनि दिएको छैन । विभिन्न देशमा व्यापार मेलाहरु भइरहेको हुन्छ । त्यस्तो मेलामा सहभागि गराउन सरकारले खासै सहयोग गर्दै छ । 

हस्तकलाको बजार कुन कुन देश रहेको छ ? 
८० वटा देशमा हस्तकलाका सामाग्री पठाइरहेका छौ ।  जस्तै युरोपका विभिन्न देश अमेरिका, जापान, कोरिया चाइना भारत लगायतका रहेका छन् । सवैभन्दा बढी अमेरिकामा गइरहेको छ । 

विदेशमा हस्तकलाका सामग्रीहरुको प्रबद्र्धनमा अन्तर्राष्ट्रिय स्तरमा महासंघले कस्तो भुमिका खेलेको छ ?
हरेका वर्ष व्यापार मेलाको आयोजना गर्ने, विदेशमा विभन्न देशमा हुने व्यापार मेलाहरुमा आफ्ना सदस्यहरुलाई पठाउने गरको छौ । विभिन्न मुलुकमा सिंगल कन्ट्री सो हरु पनि गर्ने गरेका छौ जहाँ हस्तकलाका सागम्रीहरुको प्रदर्शनी गरेर आउने गरेका छौ । 

त्यसबाट कस्तो फाइदा हुन्छ ?
त्यसबाट नलेज सेयर हुन्छ, व्यापार मेलामा चाही आफ्ना सामन विक्रि गरेर पनि आउने गरेको छ भने त्यहा पाएको अर्डरले नेपालमा कतिपय उद्योग टिकीरहेका छन् । 

हस्तकलाग्रामको अवस्था के छ ? 
हस्तकलाग्राम बनाउनुपर्छ भन्ने हाम्रो विगत ३० वर्षदेखिको माग हो । संसारमा जहाँपनि हस्तकलाग्राम हुन्छ र पर्यटकहरु जादा हस्तकलाग्राममा लैजाने र निर्माण प्रक्रियाहरु समेत देखाउने गरिएको हुन्छ । तर नेपालमा त्यस्तो हस्तकलाग्राम छैन । त्यसैले नेपालमा हस्तकलाग्रामको पनि माग गरिएको हो ।

विगत ९ वर्षअगाडी हस्तकलाग्राम बनाउन तत्कालिन उद्योगमन्त्री अष्टलक्ष्मी शाक्यले चोभारमा जग्गा दिनुभएको थियो र हामीले प्रोसेसपनि धेरै अगाडी बढाएका थियौ र डिपिआर पनि तयार गरीसकेका थियौ । तर पछि फेरी राजनीतिक कारणले सफल भएन । पटक पटक आग्रहपछि खरिपाटीमा दुईरोपनी सरकारले हस्तकलाग्राको लागि दिएको थियो ।

मन्त्री र सचिवहरु फेरिरहेकोले काम बन्न सकेको छैन । जग्गा मात्र दिने भएपनि  बजेट भने विनियोजन भएन । चारपाँच वर्ष अघि पाँचै विकास क्षेत्रमा यौटा हस्तकलाग्राम बनाउने भनेर बजेट बक्तव्यमा नै भनिएपनि भाषणमा मात्र सिमित भए रकम छुट्याइएन र काम गर्न सकिएन । पछि दुई तीन स्थानमा पनि डिपिआर बनाएर काम गरेका थियौ । त्यस्तै हामीले अहिले सार्क ह्याीन्डग्राफ डिजाइन एन्ड डेभलपमेन्ट सेन्टरको स्थापना गर्न लागेका छौ । 

सार्क ह्याडिग्राफ डिजाइन एन्ड डेभलपमेन्ट सेन्टरको स्थापना किन गर्न लागिएको हो ? 
आठैवटा सार्क मुलुकहरुमा यौटा यौटा सार्क ह्याडिग्राफ डिजाइन एन्ड डेभलपमेन्ट सेन्टरको स्थापना गने भनेर भारतको यौटा भेलाले निर्णय गरेको थियो । सोही अनुरुप सो सेन्टरको स्थापना गर्न लागिएको हो । त्यसको लागि सरकारले घरेलु विभागमा ३ रोपनी जग्गा दिइसकेको छ । उद्योग मन्त्रालयले ५ करोड रुपैयाँ पनि दिएको छ यो रेगुलर बजेट अन्तर्गत पारिउको छ । 

सरकाले निार्यात प्रोत्साहन भनेर सवसीटी पनि दिएको थियो यसको प्रयोग हस्तकला व्यवसायीहरुले गरेका छन् ? 
सरकारले ठूला उद्योगहरुलाई निर्यात गरे बापत दुई प्रतिशत इन्सेन्टिभको व्यवस्था गरेको हो । तर हस्नकला सानोसानो रुपमा हुने भएकोले यो व्यवसायले चाही सो इन्सेन्टीभको उपभोग गर्न सकेको छैन । यसले ठूलाो उद्योगहरुलाई समेटेको छ तर हामीलाई समेट्न सकेन ।

म्रो माग भनेको हस्तकला व्यवसायीले पनि इन्सेन्टिभ पाउनुपर्छ भन्ने हो ।  हस्तकला व्यवसायीले निर्यात गर्दा पनि १० प्रतिशतको इन्सेन्टिभ पाउनुपर्ने माग सरकारसँग राख्दै आएका छौ ।  ठूला उद्योगलाई मात्र नभएर हस्तकलाका उद्योगलाई पनि निर्यात गर्दा इन्सेन्टिभ पाउनुर्छ भन्ने हाम्रो माग हो । त्यस्तै हामीले पुस २२ गते निर्यात डे पनि मनाउन लागेका छौ । 

परम्परागत रुपमा मात्र चलेको छ यो व्यवसाय यसैगरी चल्ला ? 
अहिले जतिपनि चलेको छ सवै परम्परागत रुपमा नै चलेको हो । यसले मात्र भने चल्दैन समय सापेक्ष र आधुनिकीकरण गर्दै जानुपर्ने हुन्छ । परम्परागत रुपबाट जाने हो भने एकदिन हस्तकला व्यवसाय बन्द हुन सक्छ । 

नयाँ पुस्तालाई यस व्यवसायमा आकर्षित गर्न महासंघले कस्तो रोल खेल्छ ? 
युवाहरुले चासो नदिनु हस्तकला सम्बन्धीइन्स्युचु्ुट नभएर नै हो । कसैले हस्तकला विधा सिक्न खोजेमा कहाँ गएर सिक्ने हो ? यो त पुस्तान्तरण मात्र भएको छ । यसलाई हरेक कलेजमा ह्यान्डिग्राफको पठन पाठन हुनुपर्छ । साथै सिप र सर्टिफिकेट दुवै हुन्छ जसले हस्तकला क्षेत्र जोगिन्छ । 

सरकारले हस्तकलाको क्षेत्रमा कत्तिको सहोग गरेको छ ? 
सरकारको सहयोग नभएका कारण नै हस्तकला व्यवसायको विकास नभएको हो  । हामीसँग हस्तकला सम्बन्धी नीति छैन । पूर्वाधार र नयाँ जनशक्ति यस क्षेत्रमा छैन । तर पछिल्लो समयमा केही काम सरकारले गर्न खोजेको छ । 

कस्ता पोलिसीहरु ल्याएमा हस्तकला क्षेत्रको विकास हुन्छ ? 
नेपालमा विबिधता रहेको छ । विबिधता भएको हस्तकलाईलाई प्रोत्साहन गरेर नेसनल ह्यान्डिग्राफको हरेक प्रदेशमा काउन्सिलको ब्रान्च हुनुपर्छ, जसले त्यसक्षेत्रमा भएको हस्तकलाका सागम्रीको पहिचान गरी उनीहरुको मौलिकतलाई सम्मान गर्दै प्रैोत्साहन दिने र ति वस्तुहरु टिकाउने र उत्पादन भएका सामग्री ल्याएर काठमाडौ तथा विदेशमा निर्यात गर्न सकोस् । अन्यथा आफ्नो पेसाबाट पलायन हुन हस्तकला व्यवसायीहरु बाध्य हुन्छन् । 

हस्तकलालको विकासको लागि महासंघले के गर्दे छ ? 
महासंघले विभिन्न परिषद्हरुको गठन गरेको छ । जस्तै उद्योग, बाणिज्य कलाकार परिषद्हरुको गठन गरेको छ । सम्बद्ध परिषदले आफ्नो काम गर्छ । हामीले जिल्ला संघ र बस्तुगत संघको विकासलाई बार्षिक रुपमा बजेट नै छुट्याउने गरेका छौ । कलाकारहरुलाई पनि प्रोत्साहित गरिरहेका छौ । हस्तकला नीति पनि बनाइरहेका छौ । 
 

अन्त्यमा
हस्तकला व्यवसाय नेपालको पहिचान हो । यसमा शहरी तथा ग्रामीण भेगका व्यक्तिहरु समावेस भएका छन् । यस क्षेत्रको विकास गरी निर्यात गर्न सकेमा देशलाई आर्थिक रुपमा पनि सहयोग मिल्छ । 

© Arthasansar.com 2016, All Rights Reserved