Like us!
Follow us!
Connect us!
Watch us!

मुलुकभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाइँदै

आइतबार, २७ पुस २०७६, १२ : १६ मा प्रकाशित

मुलुकभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाइँदै

अर्थ संसार, काठमाडौं –­  आज (आइतबार) २९८ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली सेनाद्वारा सैनिक मुख्यालय जङ्गी अड्डाको मुख्य भवन अगाडी अवस्थित राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण गरिएकाे छ ।

उक्त अवसरमा आयोजित विशेष समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्र निर्माताको योगदानको स्मरण गर्दै शाहको शालिकमा पुष्पहार अर्पण गरी सम्मान प्रकट गरेका छन् । साथै, साे अवसरमा सैनिक एक टुकडीले राष्ट्र निर्माताको सम्मानमा सलामी अर्पण गरेका थिए । कार्यक्रममा सैनिक उच्च अधिकृतले पनि पुष्पगुच्छा अर्पण गरेका छन् ।

वि. सं. १७७९ पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भनी दूरदृष्टि व्यक्तिका रूपमा उनको शर्वत्र प्रशंसा हुँदै आएको छ ।   

आज मुलुकभर राष्ट्र निर्माताको २९८ औँ जन्मजयन्तीका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाइँदैछ । - रासस

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको