Like us!
Follow us!
Connect us!
Watch us!

विशिष्ट व्यक्ति हिँड्ने बाटोको विज्ञापन हटाइँदै

बुधबार, २३ पुस २०७६, १३ : १२ मा प्रकाशित

विशिष्ट व्यक्ति हिँड्ने बाटोको विज्ञापन हटाइँदै

अर्थ संसार, काठमाण्डौं - महानगरपालिकाले विशिष्ट व्यक्ति ओहोरदोहोर हुने बाटोको प्रचार सामाग्री हटाउने कार्यलाई तिव्रता दिएको छ । महानगरपालिकाले अहिले वानेश्वर, कोटेश्वर, त्रिपुरेश्वर, अन्तराट्रिय विमालस्थल, जमल जस्ता ठाउँहरुमा पाँच टोली बनाएर होर्डिङबोर्ड हटाउने कार्य गरिरहेको छ ।

महानगरपालिकाले मुख्य गरेर विशिष्ट व्यक्तिहरुको अहोरदोहोर हुने क्षेत्रलाई केन्द्रीत गरेर काम अघि बढाएको छ ।  
    
होर्डिङबोर्ड हटाउन थालिएको स्थानहरुबाट अहिलेसम्म कूल १०३ बोर्ड हटाईसकेको नगर प्रहरी महासाखा प्रमुख धनपति सापकोटाले जानकारी दिएका छन । जहाँतहीँ प्रचार समाग्री राख्नेहरुबाट महानगरपालिकाले अहिलेसम्ममा रु दुई लाख जरिवाना पनि असुल गरिसकेको छ ।      
    
महानगरपालिकाले अहिले तिनकुने, माइतीघर, टेकु र विष्णुमती पुलका आठ ठुला होर्डिङबोर्ड हटाईसकेको छ । स्वच्छ, सफा र सुन्दर शहर बनाउने योजना अनुरुपनै विभिन्न ठाउँमा प्रचार सामाग्री होर्डिङबोर्ड, भित्तामा टासिएका पर्चा पम्प्लेटलगायत हटाउने प्रक्रिया शुरु गरेको सापकोटाको भनाइ छ ।

मौलिकता बचाउनु महानगरपालिकाको जिम्मेवारी रहेको भन्दै शहरलाई कुरुप बनाउने गरी चोकचोकमा राखिएका होर्डिङबोर्डलाई हटाउने काममा ढिलासुस्ती नगर्न महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले विभागीय प्रमुखलाई निर्देशन दिएका छन । जथाभावी राखिएको प्रचार सामाग्रीका कारण महानगरपालिकाले धेरै गुनासो सुन्नुपरेको भन्दै हटाउने कार्यमा ढिलासुस्ती नगर्न प्रमुख शाक्यले निर्देशन दिनुभएको हो ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको