Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंक र संस्कृति इन्फोएजबीच सम्झौता, तिहार र छठ पर्वको अवसरमा हवाई टिकटमा क्यास ब्याक

अर्थ संसार

सोमबार, ०४ कार्तिक २०७६, १० : ३५ मा प्रकाशित

एनआईसी एशिया बैंक र संस्कृति इन्फोएजबीच सम्झौता, तिहार र छठ पर्वको अवसरमा हवाई टिकटमा क्यास ब्याक

अर्थ संसार, काठमाडौं– एनआईसी एशिया बैंक लिमिटेड र संस्कृति इन्फोएज प्रा. लि. बीच एन आई सी एशिया बैंकका ग्राहकहरुलाई आन्तरिक र अन्तर्राष्ट्रिय उडानको हवाई टिकट इन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग र कनेक्ट आईपीएसमार्फत् बुक गर्दा क्यास ब्याक प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौताबमोजिम बैंकका ग्राहकहरुले एन आई सी एशियाको इन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग र कनेक्ट आईपीएस प्रयोग गरी L mytrip2nepal.com बाट अन्तर्राष्ट्रिय हवाई टिकट बुक गर्दा रु. ५००÷ क्यास ब्याक तथा आन्तरिक हवाई टिकट बुक गर्दा रु. ३००/- क्यास ब्याक प्राप्त गर्न सक्नुहुनेछ । उक्त क्यास ब्याक सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले आन्तरिक उडानका लागि  NICANEPAL,  भारतका लागि NICA र अन्य अन्तर्राष्ट्रिय उडानका लागि NICASIA   प्रोमो कोड बुकिङका क्रममा प्रयोग गर्नु पर्नेछ ।

सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीज्यू र संस्कृति इन्फोएज प्रा. लि (माई ट्रिप टु नेपाल) को तर्फबाट बिजनेश डेभलपमेन्ट डाइरेक्टर आशिष जजोडियाज्यूले हस्ताक्षर गर्नुभयो ।

२०७६ कात्र्तिक २ देखि कात्र्तिक १६ गतेसम्म लागू हुने यस योजनाबाट तिहार तथा छठ पर्वमा आन्तरिक या वाह्य उडान भर्ने बैंकका ग्राहक महानुभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३८० एटिएम, ८४ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करिब १८ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैकिंङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब १० अर्ब ८ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको