Like us!
Follow us!
Connect us!
Watch us!

भूकम्पबाट क्षति भएका एक हजार ४९ विद्यालयको पुनःनिर्माण

विहीबार, ०५ फागुन २०७३, १९ : ४९ मा प्रकाशित

भूकम्पबाट क्षति भएका एक हजार ४९ विद्यालयको पुनःनिर्माण

काठमाडौँ- सरकारले भूकम्पबाट क्षति भएका एक हजार ४९ विद्यालयको पुनःनिर्माण गरेको छ । 

भूकम्पबाट क्षति भएका १४ जिल्लाका भूकम्पबाट भत्किएका सात हजार ९२३ विद्यालयमध्ये एक हजार ४९ विद्यालयमा पुनःनिर्माण गरिएको शिक्षा मन्त्रालयका सहसचिव एमनारायण श्रेष्ठले जानकारी गराउनुभयो । 

शिक्षा पत्रकार सञ्जालले यहाँ आज आयोजना गरेको भूकम्पपछि विद्यालय पुनःनिर्माणको अवस्थाबारे अन्तक्र्रिया कार्यक्रममा उहाँले सरकार, विभिन्न दातृ निकाय संस्थाको सहयोगमा ती विद्यालयको पुनःनिर्माण गरिएको बताउनुभयो । 

तीमध्ये जापानी सहयोग नियोक ९जाइका०ले छ जिल्ला र एसियाली विकास बैंक आठ जिल्ला गरी १०२ तथा विभिन्न गैरसरकारी संस्थाले ८८ विद्यालय बनाएका छन् । बाँकी सरकारी बजेटमा विद्यालय निर्माण गरिएका छन् । 

सहसचिव श्रेष्ठले भूकम्पबाट क्षति भएका विद्यालय बनाउन सरकारले रु चार अर्ब बजेट विनियोजन गरेको बताउनुभयो । 

भूकम्पबाट क्षति भएका जाइकाले २८३, एसियाली विकास बैंकको सहयोगमा १७५, चीनको सहयोगमा १२ जिल्लाका १७ विद्यालय अनुदानमा बनाउने समझदारी भएको छ । यसैगरी भारतीय सहयोगमा सात जिल्लाका ७० विद्यालयमा बनाउने तयारी भइरहेको छ । 

सरकारको विभिन्न दातृ निकायबाट दुई हजार ८०२ विद्यालय बनाउने लक्ष्य रहेको छ । 
दातृ निकायबाट रु एक खर्ब ८० अर्ब विद्यालय निर्माणका लागि कुरा भए पनि अहिलेसम्म ५५ अर्बको स्रोत पहिचान भएको उहाँले बताउनुभयो । 

शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले विभागले असारमसान्तसम्म ४४ जिल्लामा चार हजार ४१० कक्षाकोठा बनाउने बताउनुभयो । उहाँले देशभरि नै दुई लाख २८ हजार कक्षाकोठा बनाउन आवश्यक पर्ने भए पनि ५७ हजार ७४६ कक्षाकोठा बनाउने विभागको योजना रहेको धारणा राख्नुभयो । 

कार्यक्रममा शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले सरकारले विद्यालय पुनःनिर्माणका लागि पर्याप्तमात्रामा बजेट नछुट्याएकाले सुस्त गतिमा काम भइरहेको बताउनुभयो । रासस 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको