Like us!
Follow us!
Connect us!
Watch us!

‘पु-याईदिउँला ट्रेण्डिङमा’ सार्वजनिक (भिडियोसहित)

मिलन खड्का

सोमबार, ३० भदौ २०७६, १८ : ५५ मा प्रकाशित

अर्थ संसार, काठमाडौं-पछिल्लो नेपाली सांगितिक बजारमा नयाँ नयाँ गीतहरु दिनप्रतिदिन सार्वजनिक हुँदै आएको छ । 

त्यसैक्रममा अर्को नयाँ गीत ‘पु-याईदिउँला ट्रेण्डिङमा’ सार्वजनिक भएको छ ।
‘पु¥याईदिउँला ट्रेण्डिङमा’ गीतमा गायक कृष्ण भट्टराई र गायिका टीका प्रसाईको सुमधुर स्वरमा रहेको छ । 

डीपी खनालको शब्द रहेको ‘पु-याईदिउँला ट्रेण्डिङमा’ गीतलाई विश्वार अधिकारीले संगीत तथा संगीत संयोजन गरेका हुन् ।

विप्लव अधिकारीले मिक्सिङ तथा मास्टरिङ गरेका यस गीतलाई ओपल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीतको म्युजिक भिडियो सविन किश्वार मैनालीको निर्देशनमा तय भएको छ । गीतलाई शैलेस हमालले नै कोरियोग्राफि गरेका छन् । जसमा शैलेस हमाल, सञ्जु भण्डारी, रिया शर्मा, गौरव घिमिरे, मनिल पुरीको शसक्त अभिनय तथा नृत्य रहेको छ । 

गीतको म्युजिक भिडियोलाई सविन किश्वार मैनालीले छायांक्न तथा सम्पादन गरेका हुन् ।

गीतको म्युजिक भिडियो अष्ट्रेलियामा छायांकन गरिको छ । निकै मेहनत गरि निर्माण गरिएको यस म्युजिक भिडियोमा अष्ट्रेलियाको निकै सुन्दर दृष्यहरु कैद गरिएको छ ।

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको