Like us!
Follow us!
Connect us!
Watch us!

छुरा हान्ने नौ पक्राउ

रबिन दङगाल

विहीबार, ०९ साउन २०७६, १४ : ४३ मा प्रकाशित

छुरा हान्ने नौ पक्राउ

अर्थ संसार, भद्रपुर- झापाको दमक नगरपालिका–१ मा साथीलाई छुरा प्रहार गरी हत्या र घाइते बनाउनेमध्ये नौ जनालाई प्रहरीले आज पक्राउ गरेको छ । बुधबार अपराह्न ४ बजे २५-३० को समूहबीच एक अर्कामा छुरा हानाहान भएको थियो । 

छुरा प्रहारबाट दमक नगरपालिका–२ का १८ वर्षीय विक्रम लिम्बूको मृत्यु भएको थियो भने सोही वडाका १८ वर्षीय सुजन भुजेल र दमक–३ का १८ वर्षकै सरोज भण्डारी घाइते भएका थिए । घाइतेमध्ये भण्डारीको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा र भुजेलको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ ।

घटना लगत्तै फरार रहेकामध्ये प्रदेश नं १ को प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय झापा र इप्रका दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न स्थानबाट नौ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए । उनका अनुसार घटनामा संलग्न अन्य व्यक्तिको खोजी जारी भइरहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको