Like us!
Follow us!
Connect us!
Watch us!

ग्रामीण विकासको हकप्रद शेयर छुट्यो कि ? आज अन्तिम मौका

कमला भुसाल

विहीबार, ३० जेठ २०७६, १० : ०३ मा प्रकाशित

ग्रामीण विकासको हकप्रद शेयर छुट्यो कि ? आज अन्तिम मौका

अर्थ संसार, काठमाडौं- ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको ५० प्रतिशत हकप्रद शेयर आज (बिहिवार)देखि  बिक्री बन्द हुने भएको छ।

लघुवित्तले गत बैशाख २७ गते शुक्रबार देखि दुई बराबर एक अनुपातमा ३२ लाख ७५ हजार कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको थियो । लगानीकर्ताले आज दिनभर कार्यालय समयसम्ममा यो हकप्रद शेयरमा सुरक्षित गर्न सक्नेछन। 

हकप्रदमा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लाजिम्पाट तथा यसका शाखा कार्यालयहरु लालदरबार काठमाडौं, लगानखेल ललितपुर, पोखरा, वीरगञ्ज, बुटवल, विराटनगर तथा ग्रामिण विकास लघुवित्तको शााखा कार्यालयहरु विराटनगर, जनकपुर, बुटवल, नेपालगञ्ज र धनगढी शाखाबाट हकप्रदमा आवेदन दिन सक्नेछन् । यसैगरि मेरो शेयरबाट समेत हकप्रद भर्न सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको