Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार बढ्ने बेलामा घट्नुको मुख्य कारण : बाहिरी भन्दा आफ्नै कारण

शुक्रबार, २० भदौ २०७६, १० : ०३ मा प्रकाशित

शेयर बजार बढ्ने बेलामा घट्नुको मुख्य कारण  : बाहिरी  भन्दा आफ्नै कारण

अन्य कुराहरु सामान्य रहेमा शेयर बजारलाइ फागुन चैतको खेति साउन भदौको उब्जनी भन्ने गरिन्छ । सोहि अनुरुप पनि अहिले बजार बिस्तारै बढ्नु पर्ने समय हो ।  तर,  दु:खको कुरा  बजार बढ्न सकेको छैन । 

यसको प्रमुख कारण नै राष्ट्र बैंकले बिगतमा  पुँजीवृद्धिको लागि लिएको  गलत नीतिको असर अहिलेसम्म  शेयर बजारमा कायम रहनु हो। निकै  छोटो समय अवधि दिएर   रु २  अर्ब पुँजी रहेको बैकहरुलाइ रु ८ अर्ब पुँजी पुर्याउन नीतिगत निर्णय गर्नु नै गलत नीतिगत निर्णय थियो  । 

जसको कारण कम्पनीहरुले मुनाफा आर्जन गरेर पुँजी बढाउनुको साटो छोटो समयमा नै अन्धधुन्द तरिकाले राइट शेयर निष्कासन गरे।   शेयर बजारमा शेयरको सप्लाई धेरै भयो, पुराना लगानीकर्ताहरुको पैसा राइट शेयर भर्दा भर्दै सकियो तर  बजार बढेन।

बिचारा पुराना लगानीकर्ताहरुको  पैसा फस्यो, थप शेयर किन्न उनि  पुराना लगानीकर्ताहरु सँग पैसा भएन नयाँ नयाँ लगानीकर्ताहरु बजार तर्फ  आकर्षित गर्न कुनै प्याकेज नै  आएन बरु बजारको बिषयमा नानाथरी अफवाहहरु फ़ैलाइयो।

यस बिचमा धेरै कम्पनीहरुको आइपिओहरु पनि निष्कासन भए यसले समग्र शेयर बजारमा शेयरको  संख्या बढ्न मद्धत गर्यो । 

अहिले शेयर बजारमा जुन अनुपातमा नयाँ नयाँ कम्पनीहरुका शेयर, पुराना कम्पनीहरुका राइट शेयर, बोनस शेयर सख्याहरु  थपिएको छ वा थपिदै छ अनि खै त त्यो अनुपातमा नयाँ नयाँ लगानीकर्ताहरु थपिएको ?  थप शेयर किनेर बजार बढाउनलाइ  खै त पुराना लगानीकर्ताहरुको फसेको पैसा उठेको  ? पुरानाले डिस्प्ले हेरेर बस्ने नयाँ नछिर्ने अनि कसरी बढ्छ त बजार  ? साथै यहि परिवेशमा धेरै हाइड्रो कम्पनीका शेयरहरु रु १०० कै हाराहारिमा छन, समग्र बजार उचालिन ति हाइड्रोपावरका शेयरहरु पनि बढ्नु पर्छ तर बिडम्बना ति हाइड्रो पावरका शेयरको मुल्य बढनुको साटो घट्दो छ केहि केहि हाइड्रोको मुल्य त्     रु १०० भन्दा तल जादो छ यसले पनि समग्र बजारलाई तल  घट्न मद्धत गरेको छ। 

नेप्सेको सुचकाङ्क  यस्तो संबेदनशील छ कि एउटै कम्पनी एनटिसीको मुल्यमा रु ५-१० तलमाथि भयो भने बजारको समग्र  सुचकाङ्कमा नै तलमाथि गरि चलखेल गर्न सकिन्छ, यस्ता लुपहोलहरुबाट खेलाडीले चलखेल गर्छन् र बजारलाई प्रभावित बनाउछन ।

अहिले समग्रमा बजार बाहिरको कारणले भन्दा पनि आफ्नै कारणले घटिरहेको छ,  बजार भित्र कै कारणले घटिरहेको छ, मरिच किन  घुम्चिन्छ आफ्नै पिरोले।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको