Like us!
Follow us!
Connect us!
Watch us!

तीन दिनदेखि एउटै मूल्यमा कारोबार हुँदै सुनचाँदी, हेर्नुहोस यस्तो छ आजको मूल्य

कमला भुसाल

बुधबार, २९ जेठ २०७६, ११ : १८ मा प्रकाशित

तीन दिनदेखि एउटै मूल्यमा कारोबार हुँदै सुनचाँदी, हेर्नुहोस यस्तो छ आजको मूल्य

अर्थ संसार, काठमाडौं- साताको दोस्रो दिन सोमबारदेखि सुनको मूल्य स्थिर रहेर आज बुधवारसाम्म पनि घटबढ नभई एउटै मूल्यमा कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ६२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छापवाला सुनको मूल्य सोमबार ३०० रुपैयाँले घटेर ६२ हजार ३०० रुपैयाँमा कारोबार भएको भएको थियो। महासंघले आज (बुधवार) पनि सोही मूल्य (६२,३००) रुपैयाँमा कारोबार भएको जनाएको छ 

त्यस्तै आज तेजाबी सुनको मूल्य ६२ हजार रुपैयाँमा कारोबार भएको छ।  महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५३ हजार ४१५ रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५३ हजार १६० रुपैयाँ कायम गरेको छ। 

त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेर ७१५ रुपैयाँमा कारोबार भएको छ। महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६१३ रुपैयाँ कायम गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको