Like us!
Follow us!
Connect us!
Watch us!

ब्राण्ड पहिचान अद्यावधिक गर्दै ओपो, रेनो सिरिजको साथमा प्रिमियम श्रेणीमा आफ्नो स्थान थप सुदृढ बनाउँदै

मिलन खड्का

सोमबार, २० जेठ २०७६, १४ : ४२ मा प्रकाशित

ब्राण्ड पहिचान अद्यावधिक गर्दै ओपो, रेनो सिरिजको साथमा प्रिमियम श्रेणीमा आफ्नो स्थान थप सुदृढ बनाउँदै

अर्थ संसार, काठमाडौं– उपभोक्ता केन्द्रित आफ्ना सिद्धान्तलाई थप सुदृढ गर्दै अग्रणी स्मार्टफोन ब्राण्ड, ओपोले आफ्नो नयाँ ब्राण्ड पहिचान (ब्राण्ड आइडेन्टिटी ) प्रस्तुत गरेको छ । नयाँ ब्राण्ड आईडेन्टिटीले गुणस्तर, कलात्मकता र हरेक विवरणमा पृथकता केन्द्रित ब्राण्डको अद्यावधित पहिचान प्रस्तुत गरेको छ । 

स्मार्टफोन मानव प्रबर्तनका लागि अग्रणीका रुपमा परिचतओपोले नयाँ ब्राण्ड आईडेन्टिीटी निर्माणका लागि न्यू योर्कको पेन्टाग्रामका ख्याती प्राप्त डिजाइनर, एडी ओपारा संग सहकार्य गरेको छ । ओपोको नयाँ ब्राण्ड आईडेन्टिटीले सफलता पूर्वक कम्पनीको रोमाञ्चक विकास र हालको बृद्धि तथा सफलता प्रतिबिम्बित गरेको छ । नयाँ ब्राण्ड ईमेजरीले थप सरल र सममित लोगो अनावरण गरेको छ । ओपोको विशेष कर्भ (बक्र)का साथ चरितार्थ गरिएको नयाँ लोगो पृथक तर निकै आकर्षक देखिन्छ । साथै, यसको डिजाइनमा श्रृजनशिलताका लागि पर्याप्त स्थान दिइएको छ । ईमेजरी मानयाँ रंग प्रणाली (कलर सिष्टम) र भिज्यूअल ले–आउटका साथै कस्टम टाइपफेस, ओपो सान्सपनि समावेश गरिएको छ ।नयाँ ब्राण्ड ईमेजले ओपोको वैश्विक स्तरमा बृद्धि र बढ्दो पहुँचको प्रतिनिधित्वगर्दछ ।

नव प्रबर्तन तथा श्रजनशीलताका लागि निरन्तर्ताका साथै ओपोले आफ्नो उत्पादन पोर्ट फोलियोमा नयाँ सिरिजका रुपमा रेनो सिरिजपनि सार्वजनिक गर्ने तयारी गरेको छ । श्रृजनशिलतालाई विशेष ध्यानमा राखि विकासित रेनो सिरिज पृथक सोच राख्ने श्रृजनशिलयूवा ट्रण्डसेटर्स लक्षित फोन हो ।

ओपोको रचनात्मक भिजनको प्रती करेनोले नेपालमा ओपो स्मार्टफोनको विकासका लागि आउँदो १० बर्षका लागि उत्पे्ररकको काम गर्ने कम्पनीको अनुमान छ । यही भिजनका साथ ओपोले नयाँ उत्पादन अवधारणा, डिजाइन दर्शन र संचार मोडलका साथमा‘आई’म रेनो’ ब्राण्ड क्याम्पेन सञ्चालनमा ल्याएको छ । ‘आई’म रेनो’ क्याम्पेन अन्तर्गत ओपोले विश्वभरका प्रसिद्ध कलाकारसंग सहकार्य गरी श्रृजनशिलताको शक्तिदर्शाउने प्रयास गरेको छ ।

5cf4e3695436c.png 5cf4e36988a09.png 5cf4e36a589a3.png 5cf4e36a9e2b0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको