Like us!
Follow us!
Connect us!
Watch us!

त्रिभुवन बिमानस्थलमा मेगा बैंकको एटीएम

कमला भुसाल

आइतबार, १२ जेठ २०७६, १७ : १२ मा प्रकाशित

त्रिभुवन बिमानस्थलमा मेगा बैंकको एटीएम

अर्थ संसार, काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले त्रिभुवन बिमानस्थलमा एटीएम सेवा संचालनमा ल्याएको छ ।

आफ्ना ग्राहकहरुलाई धेरै भन्दा धेरै बैंकिङ सुविधाहरु प्रदान गर्दै आएको मेगा बैंकले स्वदेशी तथा विदेशी नागरिकहरुलाई बैंकिङ सुविधा थप सहज होस् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय बिमानस्थलमा एटीएम सेवा विस्तार गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा बिस्तार भएपछि मेगा बैंकको एटीएम संख्या ९९ पुगेको छ । 

सन् २०२० को नेपाल भ्रमण बर्षलाई पनि ध्यानमा राखेर बिमानस्थलमा विस्तार गरिएको एटीएम सेवाले स्वदेशी तथा विदेशी पर्यटकहरु प्रत्यक्ष लाभान्वित हुने मेगा बैंकको विश्वास छ । 

देशभर १०२ वटा शाखा सञ्जाल रहेको मेगा बैंकको १९ वटा एक्टेन्शन काउन्टर, २५ सय भन्दा बढी मेगा रेमीट एजेण्ट र ११९ वटा शाखारहित बैंकिङ सेवा छन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको