Like us!
Follow us!
Connect us!
Watch us!

दिव्यश्वरी हाइड्रोपावरको देखियो नाजुक अवस्था

मंगलबार, ०७ जेठ २०७६, १४ : ३४ मा प्रकाशित

दिव्यश्वरी हाइड्रोपावरको देखियो नाजुक अवस्था

अर्थ संसार,काठमाडौं-दिव्यश्वरी हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत सालको तुलनामा  विद्युत बिक्रीको आम्दानी बढेको भएता पनि २ करोड ६ लाख खुद नोक्सानी बेहोरेको दिव्यश्वरी हाइड्रोपावरको गत सालको तुलनामा अझ नोक्सानी बढेको देखिन्छ ।

गत आवको यसै अवधिमा हाइड्रोपावरले १ करोड ९९ लाख रुपैयाँ बराबरको खुद नोक्सानी बेहोरेको थियो । कम्पनीको गत  आर्थिक वर्षको  तुलनामा यस बर्ष ४ करोड रुपैयाँ बराबरको ऋण बढाएको देखिन्छ ।

यस आवको तेस्रो त्रैमासिक अवधिमा ६७ करोड बराबरको ऋण दायित्व बोकेको छ । कम्पनीको गत आवको सोही अवधिको तुलनामा कम्पनीको वित्तयि खर्चपनि बढेको देखिन्छ । तेस्रो त्रैमाससम्म कम्पनीको वित्तिय खर्च ५ करोड ४१ लाख रपैयाँ रहेको छ । गत वर्ष सोही अवधिमा ३ करोड ४५ लाख रुपैयाँ थियो ।

कम्पनीको प्रतिशेयर आम्दानीमा –३१.२५ रुपैयाँ रहेको छ । सोही अवधिमा अघिल्लो बर्ष –१९ रुपैयाँ रहेको थियो । कम्पनीको  चुक्तापुँजी २६ करोड ४० लाख रहेको हाइड्रोपावरको जगेडा कोष तथा संचित नोक्सानी ११ करोड २८ लाख रुपैयाँ ऋणात्मक रहेको छ । गत साल सोही अवधिमा जगेडा कोषमा ५ करोड २३ लाख ऋणात्मक थियो ।

गत साल ८०.१८ प्रतिशेयर नेटवर्थ रहेको दिव्वश्वरीको यस आवमा आएर उक्त नेटवर्थ ५छ रुपौमा झरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको