Like us!
Follow us!
Connect us!
Watch us!

साधारण सेयर निस्कासन गर्नेले जम्मा भएको रकम राष्ट्र बैंकमा राख्न नपर्ने

शुक्रबार, १४ माघ २०७३, ११ : १५ मा प्रकाशित

साधारण सेयर निस्कासन गर्नेले जम्मा भएको रकम राष्ट्र बैंकमा राख्न नपर्ने

अर्थ संसार

सिन्धुली–धितोपत्र बोर्डले प्राथमिक सेयर निष्काशन गर्दा जम्मा भएको रकम नेपाल राष्ट्र बैंकमा बैंकमा जम्मा गर्नुपर्ने व्यवस्था हटाएको छ ।

धितोपत्र निष्काशन निर्देशिका २०६५ को दफा २२ को उपदफा ४ मा ‘धितोपत्र निष्काशन गर्दा निष्काशन बैंकमा जम्मा भएको रकम सेयर बिक्री बन्द भएको ६ कार्य दिनभित्र नेपाल राष्ट्र बैंकमा खाता खोलेर कम्तिमा ६ कार्य दिनको लागि जम्मा गर्नुपर्ने ब्यवस्था थियो ।  

यसरी राष्ट्र बैंकमा जम्मा गरिएको रकम बोर्डको अनुमति लिएर मात्र झिक्न पाउने ब्यवस्था थियो । यस्तो व्यवस्थाले बजारमा तरलतामा प्रभाव पार्न सक्ने अवस्था रहेको भन्दै बोर्डले हटाएको हो।

बैंक तथा वित्तीय संस्थाहरुले प्रत्येक महिनाको आफ्नो वित्तीय राष्ट्र बैंकलाई जानकारी गराउँदै आएको र र साधारण सेयर निष्काशनमा बोर्डले आस्बा प्रणाली लागू गरिसकेको हुनाले राष्ट्र बैंकमा नगद जम्मा गर्ने व्यवस्था कायम राखिराख्न आवश्यक नदेखिएको बोर्डको भनाइ छ । बोर्डले निर्देशिकाको उक्त व्यवस्थालाई बिहीबार बसेको बैठकले हटाउने निर्णय गरेको हो ।

यस्तो ब्यवस्थाले निष्काशनकर्ता संगठित संस्था र  निष्काशन तथा विक्री प्रबन्धकलाई सहज हुने बोर्डले दावी गरेको छ । 

यो पनि हेर्नुहोस्

अघि बढ्यो अप्पर नौगड गाढ आयोजना, १७ महिनामै सक्ने लक्ष्य 

क्यान इन्फोटेकमा सर्बसाधारणको भिड, नयाँ प्रविधि छुटमा किन्ने अबसर (फोटो फिचर) 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको